• २०८० असोज ५ गते शुक्रवार

काफलको भरमा कमलाको जिन्दगी

पढ्न लाग्ने समय : ३ मिनेट
  • प्रिया स्मृती गजमेर

बैशाख २३,देउखुरी । वैशाखको टन्टलापुर चर्को घाम । खलखली पसिना चुहाउदै ग्राहकलाई काफल बेच्न मै व्यस्त हुन्छिन कमला गुरुङ । उनि बसेको स्थानमा न कुनै ओत लाग्ने छहारी छ न कुनै बोट बिरुवा । छ त् केवल एउटा छाता मात्र,त्यो पनि ग्राहकको भिडभाड भयो भने ओरालेर छेउ लगाउनै पर्छ । वरीपरी काफलले भरिएका छिटुवा देख्दा मनै लोभिने जस्तो । देख्ने जो कोहीको पनि सजिलै ध्यान खिच्ने राताकाला काफल।

वैशाखको चर्को घाम नभनी काफल बेच्न उपल्लो दाङ्ग देखि देउखुरी झरेकी छन् घोराही उपमहानगर पालिका १८ ढोरेनी निवासी ५६ बर्षिया कमला गुरुङ । कमलालाई काफल बेच्न भ्याई न भ्याई हुन्छ ्र उनि मात्र हैन उनि संगै श्रीमान् राम बहादुर गुरुङ र एघार बर्षिया नातिनी बर्षा केसी ( छोरीको छोरी ) पनि यति बेला लमहीमा काफल बेच्न व्यस्त छन् । लमहीको कोइलाबास रोड चोकमा कमला काफल बेच्दै गरेकी हुन्छिन भने बजारकै गोल घर अगाडी एघार बर्षिया नातिनी बर्षा । कमलाका श्रीमान् राम बहादुर लमही बजारको गल्लि गल्लिमा काफल आयो काफल आयो भन्दै हिड्ने गर्दछन ।

हरेक बर्ष काफलको सिजनमा लमहीमा आउने गरेको कमला बताउछिन । दुख गरेर पैसा कमाउन केको लाज श्रम मान्नु पर्यो, सानै बाट दुखमा हुर्किएकी हु जुन सुकै काम पनि सजिलो लाग्छ कमला भन्छिन । घरमा कमाउने छोरा बुहारी भारतमा बस्ने भएकोले आफ्नो जिबिका चलाउन सिजन अनुशारको ब्यापार गर्दै आएका छन् गुरुङ परिवार । रोल्पाको जुरी मसिनाबाट प्रति छिटुवा २५ सय देखि ३५ सय सम्म मूल्य तिरेर ल्याउने र यहां बिस रुपैया चिया गिलासको नापोबाट बेच्ने गरेको कमलाले बताईंन । एक सिजनमा सबै खर्च कटाएर २५ देखि ३० हजार सम्म बचत हुने गरेको उनको भनाई छ । काफल बेचेरै भए पनि घर खर्च राम्रै संग चलेको उनीहरुले बताए । काफल तयार हुनु भन्दा पूर्व गुरुङ दम्पतीले घोराहीमा तरकारी,फलफुल लगायतको ब्यापार गर्ने गरेको बताउछन ।

 गुरुङ दम्पति एघार बर्षिया नातिनीलाई साथमा लिएर जिबन जिउनका लागि संघर्ष गरिरहेका छन् । नुन तेलको बाटो होला भनेर घाम पानि पनि नभनी आएका हौ,त्यहि पनि कति महँगो हो भनेर ग्राहकहरु तर्किने गर्दछन । दाङ्गबाट रोल्पा जानु पर्छ एक हप्ता काफल चाहार्न मै जान्छ, सारै दुख छ तर पनि हरेस खाएका छैनौ राम बहादुर भन्छन । उनीहरुलाई काफल बेच्नमा नातिनी बर्षाले साथ् दिइ रहेकी छन् । बर्षाले घोराहीको लिटिल एन्जल बोर्डिंग स्कुलको कक्षा ८ मा पढ्दै छिन ।

भर्खर भर्खर स्कुल लागेकोले पढाई खास्सै नहुने भएकोले र पढाई खर्च पनि होला भनेर आएको बर्षा भन्छिन । गुरुङ दम्पतीले हरेक सिजनमा लमही बजारलाई आधार बनाएर काफल बेच्ने गर्दछन । दुख गरे अनुशारको आम्दानी पनि हुने गरेको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस