• २०८० असोज ६ गते शनिवार

पर्साबाट अवैध लागूऔषध सहित ४ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं । पर्सा, बीरगंज महानगरपालिका ३१ स्थित मिलनचोक बजारबाट पटेर्वासुगौली गाउँपालिका २ बस्ने २२ वर्षीय शोभा कुमार आले मगर समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब २० किलो सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ४५५७ नम्बरको अटो रिक्सा जाँच गर्ने क्रममा २ वटा कालो झोलाभित्र लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी अटो चालक शोभा कुमार समेत ३ जनालाई पक्राउ गरेको हो ।

यसैगरी पर्सा, बीरगंज महानगरपालिका ८ घण्टाघरस्थित सडकबाट सोही महानगरपालिका १० बस्ने २१ वर्षीय रोशन कुमार कानुलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याब्लेट ७५ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट बीरगंज घण्टाघरतर्फ पैदल हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस