वैशाख २३, दाङ । दाङको घोराहीबाट सञ्चालित जागरण अनलाईनका प्रकाशक सम्पादक निशानदाजु भटराईलाई नेपाल पत्रकार महासंघ दाङले २ महिना सम्मका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ ।
पत्रकार भटराईका बिरुद्ध परेका उजुरी माथी छानविन गर्न बनेको समितिले ६ महिनाका लागि निलम्बन गर्न सिफारीस गरे पनि महासंघ दाङ शाखाले २ महिना सम्म साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो । पत्रकार भटराईले पत्रकारीताको मूल्य र मान्यता भन्दा बाहिर गएर काम गरेको र आचारसंहिता उलंघन गरेको छानविन समितिले ठहर गरेको हो ।
पत्रकार भटराई बिरुद्ध लिखित र मौखिक उजुरी तथा गुनासो आएपछि महासंघले पूर्ब अध्यक्ष सुदिप गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । साथै महासंघको बैठकले निलम्बन अबधीमा पत्रकार भटराईले आत्मआलोचना गरि पत्रकार आचारसंहिता पालनामा प्रतिबद्धता जनाए पूर्नबिचार गर्न सकिने महासंघका सचिब भुपेन्द्रप्रकाश वलीले जानकारी दिनुभएको छ ।
हेर्नुहोस प्रेस विज्ञप्ती :