• २०८० असोज ४ गते बिहिवार

बन्यो समाजवादी पार्टी नेपाल

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौँ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले सोमबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरे सगैं संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई समाजवादी पार्टी नेपाल दल गठन भएको छ ।

आज प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ।संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस