• २०८० असोज ५ गते शुक्रवार

अव कालापहाड जादैनौँ : ठाटीकाँध गाउँपालिका–२ का स्थानीय

पढ्न लाग्ने समय : ३ मिनेट

वैशाख २२, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–२ का स्थानीय नागरिकले ‘सिंह दरबारको अधिकार ,गाउँमा बल्ल पाएको अनुभुति गरेका छन् ।

ठाटीकाँध गाउँपालिका–२को प्याडुलीमा सडक खन्दै स्थानीय महिला र पुरुष । गाउँमै यसरि सडक निर्माणमा १सय ५५ जनाले रोजगारी पाएका छन् ।

साँझ विहान एक छाक टार्नको लागि कालापहाड (विदेश/भारतीय भुमी)मा बगाएका पसिना र दुःख स्थानीय वहन्ते कामी अझैपनि झलझल्लि सम्झिन्छन् ।आधा जीवन भारतकै विभिन्न भुभागमा बिताएका गाउँका अधिकाश युवाहरु अझै पनि कालापहाडमा भारी बोकी गुजरा चलाईरहेका छन् । विदेशी भुमीमा पसिना बगाएका कैँयौँँ युवाहरु अव भने आफ्नै गाउँमा पसिना बगाउन थालेका छन् । स्थानीय सरकार स्थापना भएसँगै संघीय क्षेत्र विकास कोषको रुः२५ लाख बजेटले वडा–२ को प्याडुलि,–१को भैरवस्थान हुँदै गाउँपालिकाको कार्यालय, ठाटीकाँध बजार सम्म पुग्ने प्रशासकीय सडकमा स्थानीय महिला र पुरुषको लामो लस्कर देख्दा जो कोही त छक्कै पर्छन् । ‘विहान वेलुकी घरको काम र दिउँसो विहान १० वेलुकी देखि ५ बजे गाउँका आफन्त परिवारसँगै सडक खन्ने रोजगार पाउँँदा सोही ठाउँकी कालि सुनार पनि निकै खुःसी छिन् ।’ घरकी एकल महिला उनी दिनमा ७ घण्टा काम गरि ५सय ज्याला पाउँछन् । उनीहरु मात्र नभई गाउँका १सय ५५जनाले दिनहुँ उक्त सडकमा काम गर्दै महिला र पुरुष बिच विभेद बिना रुः५सय समान ज्याला कमाउँदै आएका छन् ।

पहाड अनि भिरलाई छिचोल्दै उनीहरुले गाउँमै रोजगारिका अवसर प्राप्त गर्दा हर्षित छन् । विदेशी भुमीमा रहँदा गाउँघर आफन्त,परिवार सम्झिदा आँखाबाट आःशु झथ्र्याे, स्थानीय वहन्ते कामीले भने । अव कालापहाडको भारि बोक्नु ,सडकका गल्लिमा मजदुरी गर्नु भन्दा आफ्नै ठाउँँमा वेश छ,उनले भने । अव कालापहाड जादैनौँ ,परिवार सँगै काम गर्न पाएको छौँ । अव‘सिंहदरबार’ खोज्न काठमाडौँ चाहिएन आफ्नै गाउँ,ठाउँमा आएको छ,सोही ठाउँँमा काम गर्ने श्रमीकहरुको यहि आवाज सुन्न पाईन्छ ।

‘यहाँ श्रम गर्दा गाउँको विकास ,गाउँमै रोजगार पनि पाईँने हुँदा पराई भुमीमा रहेका युवालाई पनि अव गाउँमा बोलाउँछौँ ,सडक सञ्चालन समितिका अध्यक्ष मनबहादुर विश्वकर्माले बताए । देशको विकास गर्ने युवाको काँधमा छ ,देशै भरका स्थानीय तहले अव यसरीनै कामहरु सञ्चालन गरुँन, डोजर आतङकले विकास हैन विनास गर्छ अध्यक्ष विश्वकर्माले भने । ‘डोजरले मापदण्ड विपरीत सडक खन्दा जिल्लाभरका अधिकाँश सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँने गरेका छन् ।’

अहिले गाउँँपालिका भरका किसानले लगाएको अन्न बाली असिनाले सखाप पारेको छ’,असिनापिडीतलाई निकै ठुलो राहत प्रदान भएको छ,वडा अध्यक्ष रुपलाल विश्विकर्माले बताए ।“देश समृद्ध बोलीले हैन व्यवहारमा गरेर देखाउनु पर्छ ,पहिलो र नयाँ खालको काममा जहिले पनि शसक्त भई जनताको चाहना स्वरुप अग्रसर भएर लाग्ने छौँ,’उनले भने ।”‘यसरी काम गर्दा युवा विदेशीनु पर्दैन देशमा रोजगारिका अवसर र जनताले विकास र परिर्वतनको अनुभुति यसै पाउँछन् अध्यक्ष विश्वकर्माले भने ।’ “ढुँगाको चट्टान लागेको खण्डमा डोजरको प्रयोग गर्नै छौँ ।” गाउँपालिकाले हरेक विकास निर्माणका काम यसरीनै गरे देश समृद्ध नहुँँने ठाउँ रहँदैन् ,एक श्रमीकले बताए । ‘हालसम्म उक्त प्रशासकीय सडक खण्डको २ कि.मि सडक निर्माण भईसकेको छ । ’

प्रतिक्रिया दिनुहोस