चैत २३, काठमाडौं । मदन भण्डारी स्पोटर्स एकडेमीले आफ्नो कमिटी विस्तारको शिलशिला अन्र्तगत काठमाडौं जिल्ला कमिटी आज गठन गरेको छ ।
मदन भण्डारी स्पोटर्स एकडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमले ३० सदस्यिय कमिटी बनाएको हो । नेपाल पौडी संघका अध्यक्ष नाजिर र शिव महर्जनको नेतृत्वमा नया कमिटी बनेको हो । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको अवसर पारेर आज कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले स्वस्थ्य जिवनका लागि खेल आवस्यक रहेकाले खेलको माध्यमबाट नै अगाडी बढ्न सकिने बताउनु भयो । संसार जित्नका लागि आवस्यक भनेको पावर, मिसाईलले नै रैछ ति बाहेक संसार जित्ने भनेको खेलले नै रैछ भन्दै उहाले खेलको माध्यमबाट संसारभर नेपाललाई चिनाउन खेलाडी उत्पादन गर्ने नै मदन भण्डारी स्पोटर्स एकडेमीको स्थापना भएको बताउनु भयो ।
कार्यक्रम बत्तिसपुतली स्थित इन्द्राणी फुडल्याडमा बिहान ७ बजे सुरु भएको थियो ।