फागुन २२, कञ्चनपुर । कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सव इन्जिनियर ह्रदयराज बजगाईले बेलौरी नगरपालिका अन्तरगत स्लेभ कल्भर्ट निर्माण कार्य सम्पन्न भई सकेको ठेक्काको अन्तिम रनिङ बिल फर-फारक गराउने प्रयोजनको लागि घुस रकम लिदाँ लिदैं प्रक्राउ परेका छन ।
ठेक्काको अन्तिम रनिङ बिल फर-फारक गराउने प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले सव इन्जिनियर ह्रदयराज बजगाईलाई सेवाग्राहीसँग रू।६०,०००।– (साठी हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा प्रक्राउ परेका हुन ।