फागुन २२, ताप्लेजुङ । फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर फागुन १५ गते दुर्घटना हुँदा हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा मंगलबार दिउसो फेला परेको छ ।
अस्थाई प्रहरी चौकी माथिल्लो फेदीं र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला परेको हो । उक्त दुर्घटनामा जमदार घिमिरेको निधन भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।