- विमलराज डाँगी
फाल्गुन २२ , काठमाडौं । Work For Nepal Foundation ले कुवेतमा बेचीएकी दुई नेपाली चेलीलाई एकै दिनमा कुवेतको दुई फरक सहरबाट उद्दार गरेको छ । अन्जली थ्याङस्या तामाङ र अन्जु गोले तामाङलाई आज उद्वार सफल भएको हो । अन्जु को घर नेपालको हेटौडामा पर्छ भने अन्जलीको घर चुनाचरी २ मकवानपुरमा रहेको छ ।
तिन बर्ष पहिले चितवन बस्ने राम बहादुर मुक्तान र कुवेतमा बसेर दलाली काम गर्ने सुमित्रा राइ नाम गरेको दलालहरुले अन्जु लाइ भारतको बाटो भएर ३ वर्ष पहिले बिचेको थिईन भने अन्जलीलाई करिब ११ बर्ष पहिले आफ्नै गाउकी फुलमाया नाम गरेकी दलाल मार्फत कुवेत पुगेकी हुन् । पिडितहरुलाई कुवेतमा साहुहरूबाट धेरै पटक कुटिएको एबम हिंसामा नारकीय जीवन बिताइएको बताइएको र कुवेत पुगेसी मात्रै दलालहरुले आफुहरुलाई बेचिएको भन्ने कुरा थाहा पाएको पिडितहरुको भनाइ रहेको छ ।
साउदीमा बस्ने गणेश खड्का भन्ने ब्याक्तिले कुवेतमा अन्जु बेचिएको छ भन्ने खबर Work For Nepal Foundation परिवारलाई जानकारी दिए Work For Nepal Foundation परिवारले उद्वार लागी खटीरहेको थियो । अन्जुलाई उद्दार गर्नको लागि धेरै प्रयास पस्चात बुधबारमात्र उद्दार गर्न Work For Nepal Foundation परिवार सफल भएको हो त्यस्तै अन्जलीले केहि दिन आघि मात्रै आफुलाई त्यहा बाट उद्दार गर्न अनुरोध गरे पस्चात अन्जलीको उद्दारको लागि Work For Nepal Foundation परिवार निरन्तर उद्दार कार्यमा लागेको र आज उद्दार कार्य सफल भएको हो ।
अन्जु र अन्जलीलाई अहिले कुबेत स्थित नेपाली राजदुताबासमा राखीएको छ । अन्जु र अन्जलीलाई उद्वार गर्नको लागी कुबेतमा रहेको Work For Nepal Foundation का सदस्य संगिता लोप्चन लगायत अन्य सदस्यहरुको सकिृयतामा उद्वार गर्न सहज भएको Work For Nepal Foundation का सचिव तथा गाएक नविन खड्काले बताउनु भयो ।
उसो त कुवेतमा बेचिएका चेलीहरुलाई उद्दार गर्न धेरै कठिन हुने गर्छ त्यहाको साहु हरुले कोहि संग पनि सम्पर्कमा आउन नदिने र त्यहाबाट नेपाल फर्कन समेत दिदैनन् । कति नेपाली चेली कुवेतमा बेचिएका छन् भन्ने कुरा अहिले सम्म पत्ता लगाएको छैन । पैसा कमाउने आशा बोकेर परदेशमा पुगेका चेलीहरुलाई साहुहरुले बन्दक बनाएर राखिएको पाइएको छ ।
कुबेतमै अन्य धेरै नेपाली चेलीहरु बेचिएको र ति चेलीहरुलाई उद्दारको लागि काम भैरहेको नविन खड्काले बताउनु भयो । उहाले भन्नु भयो चेलीहरु बेच्ने दलाल कुनै हालतमा हामी छौर्दैनौ जसरी भएपनि कानुनको कटघरामा उभ्याएरै छौडछौ साथै सम्पुर्ण चेलीहरु दलाल बाट सचेत हुन आग्रह समेत गाएक नविन खड्काले अनुरोध गर्नु भयो ।
केही दिन अघि मात्रै धनकुटाकि स्मृती चेम्जुङ लिम्बु , सल्यान बागचौर नगरपालीकाकी रिता वि.क लाइ कुबेत बाटै Work For Nepal Foundation को परिवारले उद्वार गरेको थियो । स्मृती र रिता अहिले कुबेत स्थित नेपाली राजदुताबासमा रहेकी छिन भने छिटै नेपाल ल्याउन लागी सम्बन्धित निकाय संग सहकार्य भैरहेको बताइएको छ ।
Work For Nepal Foundation ले मानव बेचबिखन तथा ओसारपोसार अन्त्यको लागि दिनरात खटिरहेको छ । आर्थिक वर्षमा मात्रै करिव २०० जना भन्दा धेरै चेलीको उद्घार गरिसकेको र विभिन्न देशहरुमा अरु धेरै चेलीहरुको उद्वार कार्यको काम अघि बढिरहेको सचिव तथा गाएक नविन खड्काले बताउनु भयो ।