• २०८० मङ्सिर १९ गते मङ्गलवार

रोल्पामा अज्ञात समूहद्धारा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीको गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छ ।

                                     फाइल तस्बिर

मंगलबारदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी त्यहि बास बसेका अध्यक्ष खत्रीले ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

अध्यक्ष खत्रीले उक्त गाडी भाडामा लिएर चढ्दै आएका थिए । घटनाको अनुसन्धान भइरहेको रोल्पाका प्रहरी नायब उपरिक्षक दिपक खड्काले जानकारी दिए ।

यस्तै रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालयमा पनि गएराती तोडफोडको प्रयास भएको छ । अज्ञात समूहले ढुङ्गा प्रहार गर्दा गाउँपालिका कार्यालयको झ्यालका सिसा फुटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस