• २०८० मङ्सिर १५ गते शुक्रवार

चालकको लापरवाही र तिव्र गतिको कारण ९० प्रतिशत सडक दुर्घटना : पुर्ण चन्द्र जोशी

पढ्न लाग्ने समय : २ मिनेट
  • महेन्द्र सिंह /सुरज मेघनाथ

फागुन २१, बाकें । प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा गस्ती निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पुर्ण चन्द्र जोशीले चालकको लापरवाही र तिव्र गतिको कारण ९० प्रतिशत सडक दुर्घटना हुने गरेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन जन सम्पर्क कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरिक्षक जोसीले १० हजार सवारी दुर्घटनामा ९ हजार सवारी दुर्घटना सवारी चालककै कारणले हुने गरेको बताए । सवारी दुर्घटना वर्षेनी बढ्दै गईरहेको बताउँदै दुर्घटनाको संख्यामा वृद्धी भएको नायव महानिरिक्षक जोशीले बताए । ‘सवारी साधन कारवाहीको संख्या बढ्नु भनेकै सडक दुर्घटना बढ्नु हो’– नायव महानिरिक्षक जोसील भने । प्रदेश नम्बर ५ दाङका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने सवालमा सबैको प्रयास आवश्यक रहेको बताए ।

ट्राफिक प्रहरी आफैले सडक दुर्घटना न्यूनीकरण गर्न नसकिने हुँदा सडक प्रयोग कर्ता नै सचेत हुनुपर्ने बताए । उनले दैनिक रुपमा सानो ठुलो सवारी दुर्घटना भईरहेको बताउँदै सडक प्रयोग कर्ता देखि लिएर सबै जिम्मेवारी हुनु पर्ने अधिकारीले बताए ।सडक सुरक्षा कसरी बनाउन सकिन्छ यसमा सवारी चालक देखि सडक प्रयोग कर्ता सम्म सचेत हुनुपर्ने उनको भनाई थियो । प्रदेश नम्बर ५ मा ९ हजार ७ सय ११ किलो मिटर सडक विस्तार भएको छ ।

यस तथ्याङ्कलाई हेर्दा एक जना ट्राफिक प्रहरीले २१ किलो मिटर को एरीया हेर्नु पर्छ भने १ हजार ४ सय ३० वटा सवारी साधन चेक जाँच गर्नुपर्छ । संघिय प्रहरी ईकाई कार्यालय कर्णालीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक घनश्याम अर्याल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण नेपाल ,प्रदेश नं ५ बुटवल ट्राफिक प्रहरी कार्यालयका प्रमुख डि एस पि गणेश चन्द , ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिह ,बाँके जिल्ला ट्राफिक प्रमुख हिरेन्द्र रोकाय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस