• २०८० चैत्र १६ गते शुक्रवार

रामघाट खोलामा माछा गायब

पढ्न लाग्ने समय : ३ मिनेट

जेठ १९, दैलेख । दैलेखका खोलाहरुमा अवैध रुपमा माछा मार्ने गरेको पाईन्छ । जिल्लाको ठाटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको बिचमा पर्ने रामघाट खोलामा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने गरेको छन् ।

दुई तिरअग्ला डाँडा र गहिरो बिचमा रामाघाट खोला । खोलाको एक छेउमा चोपेटोमा परेको रामघाट बजार । उक्त बजार पहिरो र डुबानको जोखीममा छ ।

गत बर्ष दुबै स्थानीय तहले खोलामा करेन्ट लगाएर माछा मारे कार्बाही गर्न भनेर उल्लेख गरेको पाईन्छ । दुबै स्थानीय सरकारले निति,नियम बनाएर पारित गरेको स्थानीयतहका सुचना अधिकारीहरुको भनाई छ । विटम्बना दुबै स्थानीय तहले आफुले बनाएको नियमलाई कार्यान्वयन गर्न सकेका छैनन् । हाल त्यो कार्य बारे कुनै चासो दिन सकेकोे छैनन् । यस्तै लोहोरे,पादुका लगाएतका साना ठुला नदी तथा खोलामा यसरी अवैध माछा मार्ने प्रविधिले भविष्यमा माछाको सँकट पर्ने देखिन्छ ।

करिब १० बर्ष पहिले यहाँको खोलाहरुमा प्रशस्त माछाहरु पाईन्थे ठाटीकाँध गाउँपालिका­१का ९० बर्षिय भगे कामीले भने ।हाम्रा पालामा त,घाम अस्ताउने वेलामा घाँसको प्रयोगबाटनै माछा मार्ने र प्रशस्त माछा पाईन्थे ,उनले भने । रामाघाटको खोलामा पाईने माछा स्वादिष्ट र मिठो हुन्थ्यो ,अहिले माछा नै पाईदैनन् ।

खोलामा दिनहुँ करेन्ट लाउने क्रममा केहि व्यक्तिहरुको मृृत्यु समेत भएको छ । करेन्टले गर्दा खोलामा पाईने अधिकाँश माछा गायव हुन थालेका छन् । अहिले ठाटीकाँध र चामुण्डाका स्थानीय बजारमा रहेका ईलोक्ट्र«ोनिक्स व्यापारीले बजार देखि सोलारको व्याट्री र ईन्भटरको प्रयोगले खोलामा दिनानुदिन माछा मार्छन् ।

हिजो आज माछाको प्रतिकिलो रुः६सय सम्ममा बिक्री गरेको चामुण्डाबिन्द्रासैनी नगरपालिका पुल बजारका व्यापारी देबेन्द्र शाहीले बताए । पहिलेका पालामा जालको प्रयोग गरेर माछा मारिन्थ्यो ,अहिले त रामघाट खोलामा माछा देखिन छाड्यो ,शाहीले भने ।

खोलामा असार देखि भदौ सम्म पानीको मात्रा बढेपछि खोलामा गोला (पटका) प्रयोग गरेर माछा मार्ने र पानीको मात्रा कम भएपछि करेन्ट र बिषादी पदार्थले गर्र्र्दा माछाको सँख्या दिनदिनै कम हुन थालेको छ । करेन्टले गर्दा सानो देखि ठुलो माछा सम्म सखाप हुने गर्दछ ,चामुण्डा बिन्द्रासैनी नगरपालिका ८का स्थानीय नर्तमबहादुर शाहीले बताए । अहिलेको बढ्दो आधुनिक प्रविधिले गर्र्दा फाईदा भन्दा वेफाईदा हुने गरेको छ, उनले भने ।

दुई दशक पहिले जुम्लाको सिँजा राज्यको हिउँदे राजधानी समेत रहेको दुल्लुका राजाले रामाघाट खोलाको माछा र आठविस नगरपालिकका –१मा रहेको चिने जिउलाको (गुडे)चामलको भातलाई भोजनको रुपमा प्रयोग गर्ने गरेको बुढापाखाले बताउछन् । कर्णाली नदीको माछाहरु बर्षादयाममा धमिलो पानी सँगै उक्त खोलामा आगमन हुने र यहाँको पानीमा माछामा सन्तुष्टता र पानीले माछाको जीउमा फरकक्ता प्रदान गर्ने हुँदा यहाँको माछा सबैभन्दा उत्कृष्ट मानिन्छ ,७० बर्षिय स्थानीय देवीराम बुढाले भने । जेठ ,असार महिनामा पर्ने पहिलो गर्जन÷आकाश देखि पहिलो बर्षा हुँदा खोलामा पानीको वहाब धेरै र (भल)धमिलो भएपछि निगालोको डोकामा माछा मार्ने गरिन्थ्र्याे ।’ तर,अहिलेत त्यो समय परिर्वतन भएछ ,उनले भने् ।

२०६४÷६५मा ठाटीकाँधमा रहेको प्रहरी चौकीका कर्मचारीले पहिलो पटक करेन्ट लगाएर माछा मारे पछि त्यो प्रवृत्ति बर्षेनि बढ्न थालेको छ । माछाहरु घट्दा यहाँका स्थानीय तहहरुले भविष्यमा करोडौँको घाटा वेहोर्नुपर्ने देखिने , स्थानीय बुढापाकाले बताउँछन् ।

दैलेखको तिन्चुले देखि मुहान सुरु भएको उक्त रामघाट खोला चामुण्डा र ठाटीकाँधको बिचमा बग्दै आठविस नगरपालिकामा पर्ने रामघाट बजार हुँदै कर्णाली नदीमा मिसिएको छ । रामघाट बजार निकै पुरानो बजार भएकोले खोलाको नाम रामघाट रहन गएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस