२३ माघ, बेलकोटगढी नगरपालिका–७ रातमाटे नुवाकोटमा भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको हो ।
नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका थिए भने मृतक मात्र भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएक थिए ।