निर्माणाधीन क्रिकेट रंगशालाको कार्य रोकिएकोमा महानगरले निकाल्यो विज्ञप्ती

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, चितवन । चितवनमा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित भएपछि आज भरतपुर महानगरपालिकाले विज्ञप्ती जारी गरेको छ । ।

निर्माणाधीन अवस्थामा रहेको रंगशालाको बार बुधबार बिहान एक अराजक समूहले भत्काइदिएपछि निर्माण कार्य स्थगित गरिएको हो । सार्वजनिक सम्पति क्षति गरेकाले महानगरको ध्यानाकर्षण भएकाले सार्वजनिक सम्पति क्षति गरि तोडफोड समेत गर्ने अपराधिक गतिबिधीमा संलग्नलाई हदै सम्मको कार्वाहीको माग समेत विज्ञप्तीमा भनिएको छ ।

त्यस ठाउमा बाटोको माग गर्दै डोजर प्रयोग गरेर जस्ताको बार भत्काएका थिए । बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेशनले प्रेस विज्ञप्ति निकाल्दै अराजक समूहबाट सुनियोजित ढंगबाट निर्माणाधीन रंगशालामा ठुलो क्षति पुर्राएको भन्दै त्यहाँ काम गर्ने कर्मचारी र कामदारको ज्यान धनको सुरक्षामा खतरा पर्ने बताउदै विवाद समाधान नहुन्जेल काम रोकिएको जनाएको छ ।
विज्ञप्ति

प्रतिक्रिया दिनुहोस