गायक हरि डिसीको ‘कालीपारे’ म्युजिक भिडियो सार्वजानिक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

जेठ ०६, काठमान्डौ । रोल्पाका लोक गायक हरि डिसीले ‘कालीपारे’ म्युजिक भिडियो सार्वजानिक गरेका छन् ।  उनले आफनै अफिसियल युटुब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्बजानिक गरेका हुन् ।

‘कालीपारे’ म्युजिक भिडियोमा हरि डि सी र रेखा जोशीको अवाज रहेको छ भने अभिनय पनि हरि डि सी र रेखा जोशी कै रहेको छ । गितको सब्द दुर्गा केसीको रहेको छ भने लय संकलन गायक हरि डिसीको  रहेको छ ।

गायक हरि डि सी पाच नम्वर प्रदेशको रोल्पा जिल्लाका हुन् भने गायिका रेखा जोशी सुदुरपश्चिमकी हुन् । गायक हरि डि सी लोक दोहोरी क्षेत्रको अब्बल गायकको रुपमा परिचित छ्न भने गायिका रेखा लोकदोहोरि तथा देउडा भाकामा एक छुट्टै पहिचान बनाउन सफल भएका गायिका हुन ।

बिशेषगरि पश्चिम तथा सुदुरपश्चिमका युवाहरु रोजगारको शिलशिलामा भारत जाने यर्थातलाई गित मार्फत उजागर गरिएको छ । एक गरिव परिवारको कथा रोजीरोटीका लागि श्रीमान धनकमाउन कालापार (भारत) जानेक्रममा श्रीमती संगको भाबुक सम्बादलाई प्रस्तुत गरिएको छ।

आफ्नै देशमा रोजगार नपाएर कालापार पस्नु पर्दाको भाबना र पिडालाई गितमा दर्साएको छ।

हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=QVl_kdLYfSI

प्रतिक्रिया दिनुहोस