उपराष्ट्रपति चिल्ड्रेन गेम्स हुने सम्बन्धि सूचना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, काठमाडौँ । काठमाडौँ जिल्ला खेलकुद विकास समितको कार्यालय सानोगौचरणले उपराष्ट्रपति चिल्ड्रेन गेम्स हुने सम्बन्धि सूचना सार्बजनिक सूचना जारी गरेको छ ।

सूचना मार्फत चालु आ.ब २०७५/७६ मा संचालन हुन गइरहेको उपराष्ट्रपति चिल्ड्रेन गेम्स को जिल्ला छनौट २०७६ जेठ ६ गते सोमबार बिहान ६:३० बजे सानोगौचरण, ज्ञानेश्वर, काठमाडौँमा हुने भएकाले इच्छुक खेलाडीहरुलाई सहभागी गराइदिनु हुन् सम्बन्धित सबैमा जानकारी गराईएको छ ।

सुचनामा जनाए अनुसार फारम भर्ने अन्तिम मिति २०७६।०२।०३ गते सम्म रहेको छ । साथै खेलाडीहरु कक्षा ६, ७ र ८ मा नियमित अध्ययनरत र १४ बर्ष उमेर ननाघेका विद्यार्थी छात्र छात्राले मात्र सहभागिता जनाउन सक्नेछन ।

 

 

प्रतिक्रिया दिनुहोस