सिस्नो : नाम एक फाईदा अनेक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

वैशाख २९, काठमाडौं । सिस्नो अङ्ग्नेजीमा नेटल भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने जलन र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समय देखि प्रचलित रहेको छ। यसमा २५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान ुगउडा चीज र यार्गमा स्वादको लागि प्रयोग गरिन्छ।नेपाल को पहाडी क्षेत्र मा जनसङ्ख्या को बृद्दि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जता ततै पाईदैन्र ।

कुनै बेला गरिबको तरकारीको रुपमा हेरिने सिस्नु अहिले पाँचतारे होटेलमा समेत पाक्ने गरेको छ । यो मिठो मात्रै होइन यो खानु स्वास्थ्यका लागि उपयोगी छ । यसको पात र जराको तरकारी रुपमा मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुन्छ । यसमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइबर, फस्फोरस र आइरनजस्ता पोषक तत्व पाइन्छ ।

सिस्न खाँदा मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ भने गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ । सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । प्रोस्टेड ग्लान्डर बाथको समस्या कम गर्छ । छाला र कपालका लागि अति नै राम्रो मानिन्छ । कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ । अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ । सिस्नो जति काट्यो उती बढी पलाउने हुनाले खेतीबाट पनि पर्याप्त फाइदा मिल्छ ।

पिसाब संक्रमण हुनेहरूले पनि सिस्नो खानाले धेरै फाइदा गर्छ । शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ । नयाँ रगत बन्नका लागि पनि सिस्नोले धेरै भूमिका खेलेको हुन्छ ।वृद्धवृद्धामा देखिने विभिन्न समस्या हल गर्छ । डिएनए नष्ट हुनबाट बचाउन सिस्नोले भूमिका खेलेको हुन्छ । सिस्नोको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ । औषधिका रूपमा विदेश निर्यात गरेर देशको आर्थिक अवस्था उकास्न सकिन्छ ।

सिस्नुको चिया पनि त्यतिकै फाइदाजनक मानिन्छ । यो ग्रिन टीजस्तै गरेर पिउन सकिन्छ । त्यस्तै, सिस्नोको जुस पनि स्वास्थ्यका लागि अति नै राम्रो हुन्छ । सजिलोका लागि अहिले सिस्नोको पाउडर पनि सुपरमार्केटमा सजिलै पाउन सकिन्छ । यसलाई पनि सजिलै सुप या तरकारीको रूपमा विभिन्न तरिकाबाट पकाएर खान सकिन्छ । सिस्नोको फूलको पनि सुप बनाउन सकिन्छ । यसलाई भुजा या मकैको च्याँख्लासँग खाँदा मिठो हुन्छ ।

प्रतिक्रिया दिनुहोस