• २०८२ बैशाख २९ गते सोमवार

चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रतिबन्धित लागूऔषध सहित १ पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर १९,काठमाडौँ । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ५ सय १० ट्याब्लेट सहित धनुषा सबेला नगरपालिका-९ घर भएका २० वर्षीय अतिशुभ ठाकुर बिरहीलाई बिहीबार बिहान बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ३५०८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस