मंसिर १९, काठमाडौँ । अवैध लागुऔषध सहित छुट्टाछुट्टै स्थानबाट प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दैलेख, गुँरास गाउँपालिका–४ रानीमत्ता चेकपोष्टमा जाँच गर्ने क्रममा अवैध लागुऔषध ब्राउनसुगर ११ दशमलब ५० ग्रामसहित जुम्ला चन्दननाथ नगरपालिका–४ का २४ वर्षीय रबि मल्ल, चन्दननाथ नगरपालिका–१ का २२ वर्षीय शालिकराम महत, चन्दननाथ नगरपालिका–का सौगात कार्की र मुगु छाँयानाथ रारा नगरपालिका–११ का२३ वर्षीय महेलाल साउदलाई पक्राउ गरेको हो ।
यस्तै नवलपरासी(पूर्व), कावासोती नगरपालिका–१६ तिनघरे चोकबाट नियन्त्रित लागुऔषध डाईजेपाम ६० एम्पुल, फेनारगन ६० एम्पुल र नुर्फिन ६० एम्पुलसहित चितवन भरतपुर महानगरपालिका–११ का २४ वर्षीय रोशन पाठक र आइत बहादुर थिङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।