• २०८२ जेष्ठ ४ गते शनिवार

मन्त्री ज्ञवालीले भने सीमा विवादमा भारतसँग वार्ताको तयारी

पढ्न लाग्ने समय : २ मिनेट

मंसिर, १९ काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सीमा विवाद समाधानको वार्ताको तयारी भइरहेको बताएका छन् ।

मन्त्री ज्ञवालीले सीमा बचाउ अभियानकातर्फबाट लिम्पियाधुरासहितको नक्सा हस्तारन्तण गर्न गएको टोलीलाई सीमा विवाद समाधानको गृहकार्य भइरहेको जानकारी गराएका हुन् । मन्त्री ज्ञवालीले प्रधानमन्त्रीस्तरमा, परराष्ट्रमन्त्रीस्तरमा, सचिवस्तरमा गरी तीनै तहमा वार्ता गरिने भनाईसमेत राखेका थिए । भारतले हालै जारीको गरेको नक्सा नेपाललाई मान्य नहुने पनि बताए ।

सीमा बचाउन अभियानका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरिशंकर लाल दासमार्फत लिम्पियाधुरासहितको नक्सा हस्तान्तरण गरेका थिए । अभियानका सदस्य श्याम श्रेष्ठले तथ्य र प्रमाणको आधारमा लिम्पियाधुरासहित भूमि नेपालकै भएको कारण सरकार तत्काल कुटनीति पहल गर्न सुझाव दिएको जानकारी दिए ।

अभियानले लिम्पियाधुरासहित नक्सासहित गरी स्वेत जारी गर्न, कालपानी राखिएको भारती सेना अभिलम्ब हटाउन र भारतले जारी गरेको नक्सा फिर्ता लिन आग्रह गर्दै भारतलाई औपचारिक पत्र पठाउन माग गरेको छ । उनीहरुले तथ्य, प्रमाण, नक्सा, पुराना दस्तावेज र नदी विज्ञानको आधारमा पनि काली नदीको उदगम स्थान लिम्पियाधुरा नै भएको प्रमाण पेस गर्दै प्रधानमन्त्री स्तरमा नै वार्ता गर्न आहवान गरेका छन् ।

उक्त टोलीमा पूर्व मन्त्री शान्ता मानवी, पूर्व सचिव एवम् अनुसन्धानकर्ता डा. द्धारिकानाथ ढुंगेल लगायतको सहभागिता रहेको थियो । यसैविच सिमा मिचेको विरोधमा मानवअधिकार तथा शान्ति समाजले विहीबार भारतीय राजदुतावास घेराउ गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस