मंसिर १७ ,तनहुँ । बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ ।
स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुका अनुसार समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो ।
दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने स्वास्थ्यचौकीमा बढु र एक कार्यालय सहायक मात्र कार्यरत रहेको बताइएको छ ।बढुका अनुसार सरुवा भएर आउने कर्मचारी नआउने भएमा अर्को विकल्प खोज्न गाउँपालिकालाई अनुरोध गरिएको छ ।