मंसिर १९ ,भोजपुर । अरुण गाउँपालिका-६ धाउखानीमा भाइले चिर्पट प्रहार गरेर दाजुको हत्या गरेका छन् ।
मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजुभाइबीच सामान्य विवाद हुँदा रिसको आवेगमा भाइ १८ बर्षीय डिक बहादुर राईले दाजु ४० बर्षीय सुवास राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
कुटपीटबाट घाइते भएका दाजु सुवासको घर मै उपचारको क्रममा बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो । भाइ डिक बहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।