• २०८० फाल्गुन १० गते बिहिवार

नम्बर नखुलेको सवारी साधनले किच्दा एकजनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १९  धनकुटा । धनकुटामा सवारी साधनले किचेर एक जनाको मृत्यु भएको छ ।

बुधबार बेलुकी चौबिसे गाँउपालिका-७ एक्लेबरमा नम्बर नखुलेको सवारी साधनले किचेर चौबिसे गाँउपालिका-५ डाँडागाँउका ५६ वर्षीय दिलिप कुमार याख्खाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि २ वटा पिकअप भ्यान सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस