अपांग भनेर विद्यार्थीलाई भर्ना लिन अस्वीकार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । ६ वर्षीय रविन परियारलाई पोखराको छोरेपाटनस्थित छोरेपाटन माविले अपांग भनेर भर्ना लिन अस्वीकार गरेको विषय कान्तिपुरको मुख्य समाचार बनेको छ ।

रविनले दुवै खुट्टा टेक्न सक्दैनन् । हिँडडुल गर्न अरुको सहारा चाहिन्छ । शरीर भने हृष्टपुष्ट छ । बोल्न र लेख्न कुनै समस्या छैन तर छोरेपाटन माविका प्रधानाध्यापक लक्षमण थापाले भर्ना लिन अस्वीकार गरे । नर्सरी उत्तीर्ण भए पनि माथिल्लो कक्षामा भर्ना हुन नपाएपछि रविन घरमै बसिरहन बाध्य भएको कान्तिपुरले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस