• २०८१ बैशाख १३ गते बिहिवार

धुर्मुस सुन्तली को ‘सेन्टी भाईरस’ को फस्ट लुक्स सार्वजनिक

पढ्न लाग्ने समय : २ मिनेट
  • बिनोद दर्नाल, खबर24नेपाल

कात्तिक १९, काठमाडौं । शुभ बिहानी फिल्मस् को ब्यानरमा निर्माण भए को धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुन्जना घिमिरे को प्रस्तुती रहेको नेपाली कथानक चलचित्र ‘सेन्टी भाईरस’ को फस्ट लुक्स सार्वजनिक भएको छ ।

ह्याट्रिक निर्देशक सफल निर्देशक रामबाबु गुरुङ ले निर्देशन गरेको फिल्म लाई ‘जिग्री’ अर्थात कुमार कट्टेल र ‘काकु’ अर्थात दिपक आचार्य ले संयुक्त रुपमा लेखेका छन भने डिन्डु लामा ह्योल्मो ले निर्माण गरेको फिल्म ‘सेन्टी भाईरस’ को फस्ट लुक्स सार्वजनिक भएको हो । सार्वजनिक पोस्टरमा सिताराम कट्टेल धुर्मुस ढाका टोपीमा ठाटिएर देखिएका छन् । सार्वजनिक पहिलो पोस्टरमा धुर्मुस लाई मात्र प्रस्तुत गरिएको छ ।

सामाजिक कथा बस्तुमा आधारित फिल्म ‘सेन्टी भाईरस’ को रिलिज मिती समेत घोषणा गरिएको छ । आज सर्वजनिक पोस्टरमा रिलिज मिति आगामी फागुन ९ (महाशिवरात्री) फेब्रुअरी २१ तारिख लाई तोकिएको छ । सैलेन्द्र डि कार्की को छायाँकन रहेको फिल्म लाई निमेश श्रेष्ठ ले सम्पादन गर्दैछन । राजन राज शिवाकोटी र कालिप्रशाद बास्कोटा को संगीत रहेको फिल्म मा मुख्य कलाकार मा सिताराम कट्टेल ‘धुर्मुस’ कुन्जना घिमिरे ‘सुन्तली’ साथै दयाहाङ राई, सुर्यमाला खनाल, राजाराम पौडेल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, बसन्त भट्ट, कमलमणि नेपाल को मुख्य भूमिका रहेको छ । चलचित्रको केही हिस्सा रङ्गशाला निर्माणमा खर्चिने र २० प्रतिशत रकम सामाजिक कार्य लागि खर्च गरिने निर्णय भएको सिताराम कट्टेल धुर्नुस् ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस