• २०८२ बैशाख ४ गते बिहिवार

ठाकुर प्रसाद सापकोटा द्वारा दुइ तिहाइ मतले बिजय गराउन मतदाताहरुमा आह्वान

पढ्न लाग्ने समय : २ मिनेट
  • सन्तोष बानिँया, खबर24नेपाल समाचारदाता

भदौ १९, काठमाडौं । टान सदस्य उम्मेदरका प्रत्यासी श्री ठाकुर प्रसाद सापकोटाले आफु र आफ्नो सम्पूर्ण समुहलाई अत्याधिक बहुमतले बिजयी गराउनु हुन मतदाताहरुमा आव्हान गर्नु भएको छ।

आफुले पर्यटन क्षेत्रमा ३ दशक लामो संघर्ष गरेको आफु जस्तै सबै उम्मेदवारहरु नै अबको नेतृत्वको लायक भएको बताउनु भएको छ। अबको ३ महिना पछि सुरु हुने नेपाल भ्रमण बर्ष २०२० सफलता पुर्बक सम्पन्न गर्नको लागि सम्बन्धित सबै संग समन्वय गर्न, पर्यटन बोर्ड संग रहेको टीम्स बिबाद हल गर्न , मजदुरहरुको आवाज सुन्न तथा बिना गाइड/ बिना सहयोगी बिदेशी पर्यटक पदयात्रा जान रोक्ने लगायत हाल रहेका विभिन्न समस्या समाधान गर्न कुमार थापा ( अन्जन ) नेतृत्वको टिम निर्बिकल्प रहेको समेत प्रस्ट पार्नु भयो। भोलि अर्थात् सेप्टेम्बर ६ तारिक हुन गैरहेको टानको साधारण सभा ८ बजे सुरु हुनेछ जसको उत्घाटन पूर्व प्रधानमन्त्री एबम सत्तारुढ दल नेकपा का अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड”ले गर्नुहुने छ।

टानको नेतृत्वको लागि कांग्रेस निकट पर्यटन ब्याबसायी संगठन बाट खुम बहादुर सुबेदीले नेतृत्व गर्नु भएको छ भने नेकपा निकट तर्फ बाट कुमार थापा “अन्जन” ले नेतृत्व गर्नु भएको छ। मतदान भोलि हुने र पर्सि बिहान सम्म नतिजा आउने जनाइएको छ। निर्बाचनमा सापकोटा सदस्य पदको उम्मेदार हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस