• २०८१ जेष्ठ ९ गते बुधवार

काठमाडौंबाट ज्यान मार्ने उद्योग गरी ३ वर्षदेखि फरार व्यक्ति पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं । ज्यान मार्ने उद्योग गरी ३ वर्षदेखि फरार व्यक्ति काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाम्पाल गाउँपालिका ५ ठेगाना भएका २७ वर्षीय गान्टे भन्ने प्रकाश गोलेलाई काठमाडौं महानगरपालिका १२ टेकुबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

२०७३ असार २३ गते काठमाडौं गोकर्णेश्वर नगरपालिका ९ माकलबारीमा सम्बर बहादुर तामाङलाई गोले र भेजा, किरण तामाङ भन्ने किरण श्रेष्ठ समेतका व्यक्तिहरुले खुकुरी प्रहार गरी घाइते बनाई ज्यान मार्ने उद्योग गरी फरार रहेका प्रतिबादीहरुमध्ये गोलेलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

गोलेलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस