• २०८१ जेष्ठ ७ गते सोमवार

उपराष्ट्रपति पुन र पाकिस्तानका राजदूत बीच भेटवार्ता

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १९ काठमाडौँ । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र पाकिस्तानी राजदूत डा। मजहर जावेदबीच शिष्टाचार भेटवार्ता भएको निजी सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपाल(पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको साथै उपराष्ट्रपति पुनले नेपाल(पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको भन्दै दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताएको उपराष्ट्रपति पुनको निजी सचिवालयले जनाएको छ ।नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने पाकिस्तानका राजदूत जावेदले दुई देशबीचको सम्बन्ध निकै लामो रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस