• २०८२ बैशाख ४ गते बिहिवार

वडा कार्यालयका कार्यालय सहयोगी र शिक्षक घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं । काठमाडौं महानगरपालिका ६ नम्वर वडा कार्यालयका कार्यालय सहयोगी श्याम कुमार कार्की र शिक्षक खेन्चे दोजै तामाङ घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।

काठमाडौं महानगरपालिका वडा नं.६ तिनचुली बौद्ध बस्ने खेन्चे दोजै तामाङ भौतिक संरचना र जग्गाको कर तिर्नका लागि काठमाडौं महानगरपालिका ६ नम्वर वडा कार्यालयमा गई वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी श्याम कुमार कार्कीलाई रू.१,५००।–घुस दिई काम गराएका थिए ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरू श्याम कुमार कार्की र खेन्चे दोजै तामाङलाई घुस रकम लेनदेन गर्दाको अवस्थामा उक्त रकम सहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस