भदौ १९ काठमाडौँ, । काठमाडौँ महानगरपालिका १० देवीनगरस्थित प्रौढ कल्याण संघ नेपालको दीवा सेवामा आएका जेष्ठ नागरिकसंग समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले अन्तरसंवाद गरी उनीहरुको समस्या समाधानको लागि आवश्यक पहल गरिदिने आश्वासन दिएको छ । कार्यक्रममा दीवा सेवामा आएका ९० वर्षसम्मका जेष्ठ नागरिकहरुले संस्थामा आफुहरुलाई भजन किर्तन गर्ने ठाउँ साँघुरो भएकोले अलि ठुलो बनाइदिन माग गरे ।
अन्तरसंवाद कार्यक्रममा संघकी अध्यक्ष प्रा.इश्वरी स्वारले संस्थाको गतिविधिबारे जानकारी गराइन भने सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौरका इन्चार्ज प्रहरी हवल्दार ताराराम दयालले जेष्ठ नागरिकका समस्याको पहिचान गरी भविष्यमा महानगरीय प्रहरी कार्यालयले गर्नसक्ने सहयोगबारे जानकारी गराए ।
जेष्ठ नागरिकको स्वास्थ्य, सुरक्षा लगायतका विषयमा वृत्तले जुनसुकै समयमा सहयोग गर्ने महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले प्रतिवद्धता व्यक्त गरे ।ठाउँ र वजेटको अभावमा संस्थामा हाल हरेक आइतबार र बुधबारमात्रै ६० भन्दा बढी जेष्ठ नागरिकहरु दिवा सेवामा आएर योगा, ध्यान र भजनकिर्तन गर्दै आफ्ना सहपाठीहरुसंग दिन काट्ने गरेका छन् ।