• २०८२ बैशाख १६ गते मङ्गलवार

यू-१९ एसिया कप क्रिकेट आजबाट, नेपालको खेल भोलि

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १९, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट आज (बिहिबार) बाट श्रीलंकामा आयोजना हुँदैछ ।

 

श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा भारत र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै अर्को खेलमा अफगानिस्तान र पाकिस्तानबीच खेल हुनेछ ।

नेपाल सम्मलित समूह ‘बी’ को खेल भने शुक्रबारबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । नेपालले श्रीलंकासँग शुक्रबार खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिता अघि नेपालले तयारी स्वरूप तीन अभ्यास खेल खेलेको थियो । जसमा नेपालले दुई हार र एक जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस