• २०८१ जेष्ठ १३ गते आइतवार

आइतबारदेखि ५ दिनसम्म मनकामना केबलकार बन्द हुने

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९ , काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि २७ सम्म बन्द हुने भएको छ । केवलकारको मर्मत–सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द गर्न लागेको हो ।प्रालिले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि ५ दिनका लागि केवलकार बन्द रहने जनाएको छ ।

केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो । दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्ने गरेका छन् ।अस्ट्रियाको डोप्पलमेरले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्ने गरेको र यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस