भाद्र १९, काठमाडौं । आज बिहिबार दिउँसो देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
मौसम विश्लेषण
मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु(भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउंमा औसत स्थान आसपास अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ ।
देशभर समग्र मौसमको अवस्था
देशभर आंसिक देखि सामान्य बदली भई मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षाका साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसको प्रभावले पहाडि भु(भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।