- गोबिन्द पौडेल
साउन २०,इलाम । बर्षादको समयमा पानी नै पानी भएपनि हिउदमा पानीको चरम अभाव हसने भएपछि किसानहरुले बर्खाको पानी हिउदको लागि जो हो गर्ने गरेका छन् ।
नजिकै पानीको श्रोत समेत नभएकोकारण पानी ल्याउन पनि नसकिने,जमिनको बनावट पनि पानी नजम्ने प्रकृतिको भएकोले पोखरी मात्रै बनाएर पानी राख्न नसकिने भएको कारण इलामको रोङ गाउपालिका वडा नं ६ सलकपुरका किसानहरुले सिपोलीयन प्लास्टिकको प्रयोग गरेर पोखरीमा पानी जम्मा गरेर हिउदे खेतीको लागि जोहो गर्ने गरेका हुन् ।
पहिला बारीको संरचना अनुसारको पोखरी निमार्ण गरेर भारतिय बजारमा गएर सिपोलियन प्लास्टिक बिनेर ल्याउने र पोखरीमा बिछ्याएर बर्षाको पानी जम्मा गरेर राख्ने गरेको र सोही पानी हिउदे बालीहरुको सिन्चाइ गर्ने गरिएको सलकपुरका किसान खगेन्द्र गहतराजले बताए । उनले रु ३ हजार ५ सय भारतीय रुपैयामा प्लास्टिक किनेर ल्याएका हुन् । उनी मात्रै हैन सलकपुरका कौशिला मोक्तान, बेदबहादुर राइ, याम अधिकारी लगायत दर्जनौ किसानहरुले बर्षको पानी हिउदमा संकलन गरेर प्रयोग गर्ने गरेका छन् । आबश्यक्ता अनुसारको साइज, गहिराइ र संख्यामा बनाइने यस्ता पोखरीहरुमा कतिले त माछा पालन समेत गरेर दोहोरो फाइदा लिएका ४ वटा पोखरी बनाएका किसान बेदु राइले बताए ।
पर्यटन उद्योगमा बामे सदै गरेको सलकपुरमा तरकारी , अलैची र फलफुल खेतीको उत्पादन राम्रो रहेको छ , नजिकै पानीको मसहान नर्भको कारण करिव १० किलोमिटर टाढा रहेको सुयोदय नगरपालिकाको जोगीखोलाबाट लगिएको पानी खाने ब्यवस्था मिलाइएको छ तर पाइप र कुलोबाट सिन्चाइको लागि पानी लैजान असंभव रहेको कारण भरखरै देखी किसानहरुले बर्षे पानी संकलन गर्ने गरेको किसान याम अधिकारीले बताए ।
पानी संकलन गर्दा हिउदे सिन्चाइलाइ मात्र हैन कुनै बेला आसपासमा आपतकालिन आगालागिका घटनालाइ समेत नियन्त्रण गर्न सजिलो हुने उनीहरुको भनाइ रहेको छ ।