• २०८१ मङ्सिर २२ गते शनिवार

अनि कसरी हुन्छ देसको विकास !

पढ्न लाग्ने समय : १० मिनेट
  • खिमराज गिरी

इतिहासका पानाहरु पल्टाएर हेर्ने हो भने नेपाल एक स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न हिन्दु राष्ट्को रुपमा रहिआएको र विगतका धेरै वर्षसम्म विभिन्न शासकहरुले राज्यसत्ता संचालन गरे र विशेषगरी शाहवंसीय शासन व्यवस्थालाई कमजोर पारी करिव एक सय चार वर्षसम्म राणाहरुले शासन गरे तत्पश्चात २००७ सालमा राजा त्रिभुवन र दिल्लीको सहयोगले नेपालमा प्रजातन्त्र त आयो तर खोपाको स्याउ, चर्पीको हाउजस्तो ।

सम्पूर्ण अधिकार राजा र राणाहरुलाई नै, जनता त हात्तिको देखाउने दाँतजस्ता तैपनि २०१७ सालसम्म जेनतेन प्रजातन्त्रको नाउँमा शासन व्यवस्था चल्यो । राजा महेन्द्रले एक दलीय पञ्चायती व्यवस्था लागू गरे, करिव ३० वर्षसम्म एकदलीय पञ्चायती व्यवस्था चल्यो तर पात्रहरु भने राजाको हुकुम जसले शिरोपर गर्दथे उनै व्यक्तिहरुले सत्ताको हाली मुहाली गर्न पाउँथे । राजदरवारको वरीपरी शक्ति र सत्ताको मातमा देसको हित भन्दा पनि केहि सिमित समाज र परिवारको लागि केहि हितका कामहरु भएतापनि सवै तरकारी एउटै ड्याङ्गका भनेजस्तो सत्ता र शक्तिको वरिपरि वस्नेहरु प्रायःआफ्नो परिवारलगाएत सात पुस्तालाई पुग्नेगरी कमाउनतिर लागे ।

विभिन्न राजनीतिक पार्टीका नेतालगाएत आम कार्यकर्ताहरु र केहि वुद्धिजीवीहरु भने भित्रिरुपमा राजाविरोधि आन्दोलनमा लागि नै रहे तैपनि २०३६ सालमा जनमत सँग्रह त भयो तर त्यतिखेर वन्द कोठाभित्र शक्ति र सत्ताको नजरअन्दाजमा गरिएको व्यालेटको के को महत्व ? सत्ताको पक्षमा जनमत आयो र फेरि भित्रिरुपमा विभिन्न दलहरुले प्रजातन्त्रको लागि आन्दोलन जारी नै रह्यो ।

२०४६ सालको जनआन्दोलनले देसमा केहि परिवर्तनको रुपरेखा देखाउलाजस्तो आभास सारा जनतामा छाउनथाल्यो र राजासहितको बहुदलीय प्रजातन्त्रको स्थापना भयो । तत्पश्चात् जनताले देश विकासकोलागि जति अपेक्षा गरेका थिए त्यो हुनसकेन किनकी जनताले वल्ल तल्ल राजाको शक्तिलाई कमजोर त पारेका थिए तर जनता आफुभने खोलाबाट निकालेको माछा वाल्टिमा हालेजस्तो अवस्थाका थिए । फेरि गणतन्त्र ल्याउने लगाएत विभिन्न मागहरु राखि २०५२ सालमा तत्कालिन माओवादी पार्टीले शसस्त्र विद्रोहको घोषणा गर्यो र देस लामो समयसम्म युद्धको चपेटामा पर्यो । जसको कारण देस विकासका हरेक कामहरु ठप्प भए, न कर्मचारी प्रशासनमा सुधार आउनसक्यो, न त राज्यका हरेक निकायले हरेक कामको लागि आफ्नो कर्तव्य निभाएर काम गर्ने मौका पाए ।

“जनआन्दोलनको नाममा केहि मुटठीभरका विचौलिया दलालहरुले मौका त पाए तर देस विकासको नभई परिवारको भरण पोषण र नाता गोतालाई जागिर लगाइदिने अनि झन भ्रष्टाचारमा लिप्त भई सात पुस्ताको लागि कमाउने र विदेस सयर गरी रमाउने ! एकातिर राज्यशक्ति चलाइराखेका भ्रष्ट व्यक्तिहरुको विरुद्धमा जनआन्दोलनले व्यापकता लिइरहेको थियो भने अर्कोतिर आन्दोलन र संघर्षको नाउँमा लुटपाट मच्चाई कमाउने कमाउनतिर तल्लिन भइराखेको अवस्था थियो अनि सम्झनुहोस् यस्तो संक्रमणकालिन अवस्थामा कसरी विकासको अपेक्षा गर्न सकिन्छ जहाँ कि दैनिकजसो मानिसहरुका लासहरु वोरामा हालेर प्याक गरिरहने अवस्था थियो″ ।

यसरी विभिन्न राजनीतिक पार्टीहरुको पहलमा माओवादीलाई वार्ताको टेवुलमा ल्याइयो र निरंकुश राजतन्त्रको विरुद्धमा २०६२।६३ को आन्दोलन भयो र अन्तत : राजदरवारले पनि आफ्नो अधिकार जनताको नासो सम्झि सत्ताको वागडोर जनताको पासोमा खन्याई २०४ वर्षको राजतन्त्रको इतिहासलाई विर्को लगाए र तत्पश्चात् विभिन्न समयमा विभिन्न किसिमका वार्ताका चरणहरु पार गरिए र अन्तमा गणतन्त्र नेपालको घोषणा भयो र हालसम्म दुईपटकसम्म राष्ट्प्रमुखको हैसियतले राष्ट्पतिलाई चयन गरिएको छ र गणतान्त्रिक नेपालको पहिलो संविधान २०७२ जारी गरियो त्यसपश्चात देसमा तीन तहको चुनाव भयो ।

ने.क.पा.को झण्डै दुई तिहाइको सरकार गठन भयो र हाल सत्तामा ने.क.पा छ र विभिन्न चरणमा विभिन्न राजनैतिक दलहरुको मिलेमतोमा राजनीतिक स्थायित्व कायम त गरियो तर अहिले ने.क.पा.को सरकारलाई देस विकासको लागि जति काम गर्ने अवसर जुट्यो त्यति चुनौतिका पहाडहरु अगाडि तेर्सिएका छन् । सत्तापक्षले नेपाल र नेपाली जनताको हितको लागि दीर्घकालिन रणनीतिका विकासे योजनाहरु अगाडि सारेको छ र तत्काल जनहितको लागि केहि सकारात्मक कामहरु पनि भएका छन् । आम मानिसमा अव त विकासको लहर छाउनथाल्यो भन्ने आभास हुँदा हुँदैपनि वर्तमान अवस्थामा प्रतिपक्ष दलहरुले सरकारलाई गरेको असहयोगको कारणले फेरि पनि संसदको धज्जी उडाइरहेको अवस्था छ ।

एउटा साधारण कुरामा पनि संसदको वैठक कयौं दिनदेखि सुचारु हुनसकेको छैन । सरकारले ल्याएका जनहितकारी केहि विधेयकहरु संसदबाट पारित हुनुअगावै केहि विपक्षी साँसदहरुले रोष्टम घेर्न गई संसदीय मर्यादाको ख्यालै नराखी प्रधानमन्त्रीलाईसमेत वोल्न नदिई संसदीय अभ्यासको इतिहास रचेका छन् एकातिर भने अर्कोतिर प्रधानमन्त्री तथा केहि मन्त्रीहरुद्धारा केहि वक्तव्य आउनासाथ त्यहि शब्दजाल केलाएर माइतिघर मण्डलामा घेर्न पुग्छन् प्रतिपक्ष दल र मानवधिकारवादी तथा केहि वुद्धिजीवी भनाउँदाहरु । त्यसैले बुलेटको लडाइजस्तो व्यालेटमा आफु पराजित हुँदा पनि केहि समय प्रतिपक्षको भुमिकामा वस्न नसक्ने प्रतिपक्षले धैर्यताको बाँध टुटाएको छ भने अर्कोतिर सत्तापक्षकै केहि सासद तथा पार्टीका कार्यकर्ताहरु स्वयम नै राजनीतिक शक्तिको आड र भरोसामा सरकारलाई विकासको काममा सहयोग गर्नुको वजायज उल्टो कसरी पद र शक्ति हत्याउने र लाभको पदमा वस्ने भन्ने मनसाय भएको देखिन्छ ।

सम्पुर्ण दलहरु तथा अन्य बुद्धिजीवीहरु मिलेर देस विकासको लागि समय दिनुपर्ने वर्तमान अवस्थामा सरकारलाई एक्ल्याएर कसरी जनविरोधि भावना पैदा गर्न सकिन्छ भनेर विरोधको मुद्या केहि नपाउँदा प्रत्येक शब्द शब्द केलाएर वस्नुभन्दा वरु सरकारलाई विकासको काममा रचनात्मक सहयोग गर्ने हो भने आगामी चुनावमा जनताको साख प्रतिपक्षलाई पनि आउला अन्यथा अवका जनता पहिला राणा कालकाजस्ता होइनन् । प्रत्येक जनता विवेकी छन् र को कस्तो भन्ने कुराको मुल्याँकन गरिराखेका पनि छन् र कसैले कसैलाई गाली गलौज, आरोप प्रत्यारोप गर्ने समय यो पक्कै पनि होइन । किनकी कुनै कुनै पार्टीका नेताहरुले नेपाली जनतालाई गुणस्तरमा वाँचेको देख्न नचाहने मनस्थिति वनाएर नै आज देसमा विकासको लहर आउन नसकेको हो किनभने जहाँ जनता अशिक्षित हुन्छन् त्यहाँ शासक वलिया हुन्छन् र शासकले मनलाग्दी गरी संस्थागत भ्रष्टाचार गर्न पनि पाउँछन् र मजवुत तरिकाले चुनावी खर्च पनि निकाल्छन् । सायद, पुराना शाषकहरुको शाषकीय परम्पराको तुष केहि बाँकि रहेर नै होला, यस्तो मानसिकताले जरो गाडेको ।

तसर्थ, सार्वजनिक यातायात सुधार्न खोज्दा व्यवशायीको आन्दोलन, प्रशासन सुधार्न खोज्यो कर्मचारी आन्दोलीत, शैक्षिक क्षैत्र सुधार्न खोज्यो शिक्षकहरुको हड्ताल त भयो तर प्रतिष्प्रधामा जान डराउने क्षिक्षकले पढाएको विद्यार्थिको भविश्य कस्तो होला, भूमीलाई सुधार्न खोज्यो विचौलिया, दलाल माफियाको विगविगी, अस्पत्ताल सुधार्न खोज्यो, सेतो कोटको विगविगी, न्यायलय सुधार्न खोज्यो कालोकोटको विगविगी, त्यस्तै प्राधीकरण सुधार्न खोज्यो पहेलो कोटले विगार्ने, कुनैपनि निर्माण सेवामा सुधार्न खोज्यो, ठेगेदार र विचौलियाको दादागिरी, सडक बाटोलगाएतका निर्माणका कार्यहरुमा टेण्डर आब्हान गर्दा एउटाले लिन्छ र पछि त्यहि टेण्डर अर्कालाई भैसी वेचेजस्तो गरी वेच्छ अनि उ आफु विचौलिया वनि पैसा असुल्छ तर जव निर्माण कार्यको समयावधि सकिन्छ अनि सरकारसँग निउ खोजी समयमा कार्य सम्पन्न गर्न नसकेको अनेक कारण देखाई पुनः थप रकमको दावी गर्दछ अनि न पुरा काम न त वच्यो दाम, यस्तै कर प्रणालीमा सुधार गर्न खोज्यो व्यपारीहरुको आन्दोलन, अनि सार्वजनिक प्रशासनमा प्रतिष्प्रधाबाट कर्मचारी छनौट गर्न खोज्यो साधारण जनताबाट वन्द हड्तान, नारा जुलुस, लाठीचार्ज !

हरेक क्षेत्रमा सरकारले सकारात्मक पाइला अगाडि वढाउँदा पनि प्रमूख प्रतिपक्ष दल, मानवधिकारवादी, वुद्धिजीवी लगाएत प्रायः जनताले सरकारको सकारात्मक कार्यलाई होस्टेमा हैँसै गरी समर्थन गर्ने र नकारात्मक कामको लागि पनि सवैजना मिलेर कहिँ कतै पनि असहज वातावरण नहुने गरी विरोधकोरुपमा विरोधमात्र नभै विरोध पनि भद्र र सालिनताले गर्ने संस्कार वस्यो भने मात्र सरकारलाई पनि नैतिक दवाव पर्दछ । नत्र त मुकुन्द पौड्ेलले भनेजस्तो ”न विहेमा सलामी, न त डिर्भोर्समा मलामी ।” सायद डाक्टर र बकिलले अत्यावश्यक सेवा वन्द गरी वन्द र हड्ताल गरेको देश कुन हो भनेर भन्ने हो भने संसारै चकित होला ”नेपाल” भनेर ।

तसर्थ नेपाल मात्र एउटा यस्तो देस भइदियो ”कुनैपनि व्यक्ति, संघ, सस्था या सार्वजनिक पद धारणा गरेका व्यक्ति नै किन नहुन्” जसले आफ्नो पार्टी, व्यक्ति र परिवारको स्वार्थको लागि अर्काको अधिकारको मतलव नराखी आफ्नो अधिकारको लागि चाहे माग जायज होस् या नहोस् सार्वजनिक स्थानहरुमा गएर धर्ना वस्ने र यातायात जाम गरी सर्व साधारण जनतालाई सास्ती दिएपछि माग पूरा हुने विश्वास लिएर धर्नामा वस्दछन् र यदि माग पुरा नभए सरकारी गाडी, भवन र सार्वजनिक महत्वका चिजहरु तोडफोड गरी जसरी भएपनि माग पूरा गरेरै छोड्छन् त्यसैले जवसम्म एउटा नागरिक र घर परिवार शिक्षित भई नैतिकताको धरातलमा वस्ने वातावरण हुँदैन तवसम्म समाज र देस वन्ने कुराको कल्पनै गर्न सकिदैन यो यर्थाथ सत्य कुरा हो किनकी अन्य देसमा पहिला घर परिवारका प्रत्येक सदस्यहरु एक असल नागरिक वन्ने प्रयत्न गर्छन र उनीहरुलाई थाह हुन्छ नैतिकताको धरातलमा कसरी पाइला अगाडि वढाउने भन्ने तव मात्र समाज अनि राष्ट् बन्नको लागि टेवा पुग्दछ तर नेपालमा भने यस्तो वातावरण सृजना हुनको लागि सरकारले नैतिक शिक्षामा जोड दिई यस सन्दर्भमा शैक्षिक पाठ्यक्रम नै परिवर्तन गर्नु जरुरी छ ।

र अर्कोतर्फ, देसमा जवसम्म हुँदाखाने र हुनेखानेविचको खाडलको दुरी कम हुँदैन तवसम्म द्धन्द्ध र पिडाले मानिसलाई सताइरहन्छ र कुनैपनि घटना घट्यो भने निश्पक्षरुपमा छानविन कमिटि गठन गरी समस्याको समाधान निकाल्न सकिन्छ तर कुरा रह्यो मादलको तालमा नाच्ने कि, नाँचको तालमा मादल वजाउने भन्ने !
केहि दिन अगाडि मात्र पाकिस्तानका पुर्व प्रधानमन्त्री शाहिद खकान अव्वानीलाई भ्रष्टाचार मुद्यामा पाकिस्तानी सरकारले पक्राउ गरेको छ र विभिन्न विभिन्न समयमा पाकिस्तानका पुर्व भि.भि.आई.पि.हरुलाई भ्रष्टाचारको मुद्यामा केहि हदपनि वाँकि नराखी पाकिस्तानी सरकारले पक्राउ पुर्जी जारी गरि कारवाहिको प्रकृया अगाडि वढाइराखेको अवस्था छ तर नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अहिलेको ने.क.पा.को शक्तिशाली सरकारले पनि दिनहुँजसो भ्रष्टाचारको मुद्यामा कयौं मानिसहरु पक्डिराखेको छ तर साना तिना माछा मात्र । यसरी नेपाल भ्रष्टाचारमा दक्षिण एशियाकै झण्डै दोश्रो नम्वरमा आउनेरहेछ र यो रोगले यतिसम्म जरो गाडेको छ कि यसलाई निर्मुल पार्नको लागि सानोतिनो प्रयत्नले सम्भव छैन नै ।

यदि भ्रष्टाचारको रोगलाई निको पार्ने हो भने पहिला हामी सवै नागरिकहरु नागरिकको हैसियतमा वस्नुपर्यो, कर्मचारीहरु कामचोर हुनुभएन, ठेगेदारहरु ठग हुनुभएन, प्रत्येक नेताहरुले राजनैतिक धरातललाई नैतिकवान बनाई इमान्दारीताको खडेरीमा मडारिन भएन, कुनैपनि राजनीतिक पार्टीका अरौटे र भरौटे कार्यकर्ताहरुलाई भोटवैैककोरुपमा प्रयोग गर्नको लागि खल्तीमा कुनैपनि योजनाहरु पास गराई चलाएमान वनाउनु उचित होइन र यसो गर्नु महापाप हो, पाखुरा देखाई अर्काको कमाई खान पल्केका र न्वारनको नाम डन राख्न सफल कामचोर डनहरुलाई ठेक्का पट्टामा संलग्न गराउन भएन, व्यापारी, उद्योगी र हर प्रकारका वयवशायीहरुले राज्यलाई तिनुपर्ने कर तिर्नुपर्यो, हरेक निकायमा भएको एकाधिकार, नातावाद, कृपावाद, फरियावाद,डनवाद आदिलाई हतोस्साहित गर्नुपर्यो र सवभन्दा महत्वपुर्ण कुरा के हो भने यदि कुनैपनि व्यक्ति या संस्था भ्रष्टाचारको मुद्यामा संलग्न भएको थाह पाइयो भने पहिला कारवाही गर्ने निकायलाई स्वतन्त्ररुपमा कारवाही गर्न दिइनुपर्यो र कारवाही गर्ने सिलसिलामा कानुनलाई नै परिमार्जन गरी अपराध र भ्रष्टाचारको प्रकृति हेरी कि मृत्यु दण्ड कि सर्वस्व हरण नगरेसम्म नेपालमा भ्रष्टाचारको रोग निको हुनेवाला छैन ।

विभिन्न समाचार माध्यमहरुमा दिनहुँ आइरहेको छ कि एनसेलले राज्यलाई किन कर तिर्दैन ? आयल निगमका महानिर्देशक खड्का कता गए ? कर फछर्यौट विभागका प्रमूख शर्मा कता हराए ? पुर्वान्चल मेडिकल विभागका प्रमूख पाठककोवारेमा के हुँदैछ ? वालुवाटार जग्गाकोवारेमा कुरा कहाँ पुग्यो ? यी आदि इत्यादि कुराहरुको अनुसन्धान सहि तरिकाले गरी जनतालाई यर्थाथ चित्रण प्रस्तुत गर्नसक्यो भने मात्र यो सरकारको साख जनताको अगाडि सँधै उच्च रहन्छ र विकासको वाधककोरुपमा रहेको भ्रष्टाचारको क्यान्सर रोग पनि निको हुँदै जान्छ ।

यसरी हामीले छिमेकी मुलुक भुटानलाई हेर्ने हो भने उनीहरुमा खुशीसाथ बाँच्न सक्ने क्षमता छ र उनीहरु प्रायः ठूलै परिवारमा वस्न रुचाउँछन् अनि देशभर न बृद्धाश्रम छ न त कुनै पनि बुढापाका बृद्धबृद्धाहरुले नेपालमा जस्तो तड्पेर वस्नुपरेको छ तर नेपालमा भने धन छ, मन छैन बाउ आमाले ती नावालकलाई हुर्काउँछन्, बढाउँछन्, पढाउँछन, विदेस पठाउँछन अनि छोराछोरी अष्ट््ेलिया, जापान, जर्मन, अमेरीका तर मर्ने वेलामा बृद्धाश्रम ! यसो सोच्नुहोस् त जिन्दगी के रहेछ त, त्यसैले देसमा भएका युवा शक्ति जसरी भएपनि विदेस पलाएन भएपछि मुख्यकुरा राजनीतिक वृतमा उही पुराना पात्र, अनि उहि थोत्रा अनुहार अनि के को भिजन, के को काम ? कसरी आउने असल परिणाम ? यस्ता विविध कारणहरुले गर्दा नेपाल विकासको उज्यालो घामबाट वञ्चित हुनपुगेको हो ।

हामी सवैले समयमा नै सोचौं कि म र हामी सवैले आ-आफ्नो स्थान विशेषबाट नैतिकताको खडेरीमा धैर्यताको बाँधालाई टुट्न र फुट्न नदिई विदेशीएका युवा शक्तिालाई स्वदेसमा झिकाई सरकारलाई पनि विपक्षी दललगाएत सवै तह र तप्काबाट राम्रो कामको रचनात्मक सहयोग र नराम्रो कामको लागि अन्य जनतालाई दुख दिएर होइन आम्ने साम्ने वार्तामा वसेर समस्याको समाधान निकाल्न सकिन्छ तवमात्र जनताले चाहेको गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण सिर्जना हुन्छ र हामी सवैले चाहेको के हो भने कोहि भोकले नमरुन, कोहि विरामीले अलपत्र नपरुन्, अनि कोहि पनि शिक्षाको उज्यालो घामबाट वञ्चित नहुन्, गरीवका छोराछोरी पनि डाक्टर, इन्जिनियर, पाइलट लगाएत प्राविधिक शिक्षा पढ्न धनका कारणले नै वञ्चित विल्कुल नहुन् तवमात्र हामीले चाहेको नेपाल, खोजेको नेपाल अनि सोचेको नेपाल पाउन सकिन्छ अन्यथा सँधैको विल्लीवास कि दिल्लीवास अनि कसरी हुन्छ देसको विकास !

मध्यनेपाल नगरपालिका २, लमजुङ्ग,हाल काठमाण्डौ ।
khabar24nepal.com ९८५११९२०८८

प्रतिक्रिया दिनुहोस