असार २०,रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको असार ८ गते सञ्चालन भएको छैठौ गाउँ सभामा प्रस्तावित निति तथा कार्यक्रम २०७६/०७७, बजेट योजना तथा कार्यक्रम २०७६/०७७, विनियोजन विधेक र आर्थिक विधेक माथि दफावार छलफल आज सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा सम्पूर्ण सभा सदस्यहरुको सहभागीता रहेको थियो । गत ८ गते निति तथा कार्यक्रम २०७६/०७७, बजेट योजना तथा कार्यक्रम २०७६/०७७, विनियोजन विधेक र आर्थिक विधेक प्रस्तावित पछि अध्यक्ष घर्तीबाट मिति २०७६ असार १९ गते सम्मको लागि सभा स्थगित गरि असार २० गते दिनको ११ बजे पुन छैठौँ गाउँ सभाको दोश्रो बैठक सञ्चालन हुने घोषणा अनुरुपनै सभाको दोश्रो बैठक आज सम्पन्न भएको छ ।
दफवार छलफलमा सभाका सदस्यहरुले प्रस्तावित निति तथा कार्यक्रम २०७६÷०७७, बजेट योजना तथा कार्यक्रम २०७६/०७७, विनियोजन विधेक र आर्थिक विधेक माथि आ–आफ्नो धारणा राख्नको लागि सभाका अध्यक्षले समय उपलब्ध गराउनुभएको थियो, सभाका सदस्यहरु तुल्सी सुनार, चन्द्र भरमथानी, धनराज रोका, बुद्धिराम थापा, नवराज थापा, गिर बहादुर विष्ट, राधा नेपाली, अर्जुन सुवेदी र मानसिंङ पुनले आफ्नो धारणा राख्नु भएको थियो भने दफावार छलफलमा उठेका जिज्ञासाहरु छैठौँ सभाको तेश्रो बैठकमा नीति र कार्यक्रम प्रस्तोता गाउँकार्यपालिका सदस्य नमराज थापा, वजेट योजना तथा कार्यक्रम प्रस्तोता गाउँ कार्यपालिका सदस्य गञ्ज बहादुर क्षेत्री, विनियोजन विधेक प्रस्तोता गाउँ कार्यपालिका सदस्य गञ्ज बहादुर क्षेत्री र आर्थिक विधेक प्रस्तोता गाउँ कार्यपालिका सदस्य तुल्सी सुनारले उठेका जिज्ञासाहरुको जवाफ दिनुहुने छ ।
छैठौँ गाउँ सभाको दोश्रो बैठकबाट लेखा समिती, विधान समिती, योजना तथा सुसान समिति समेत गठन गरिएको छ । जसमा लेखा समिति संयोजक तुल्सी सुनार सदस्यहरुमा रेशम शर्मा, अनिल सुनार, धनराज रोका र राधा नेपाली विधान समितिको संयोजक जेद बहादुर विष्ट सदस्यहरुमा मोहन विक्रम भण्डारी, मदन गिरी, सौमती परियार र खेमराज वि.क., योजना तथा सुसासन समिति संयोजक पूर्ण बहादुर पुन सदस्यहरुमा नवराज रोका, हिरा पुन, सुरेन्द्र थापा र पुनम सेनलाई चयन गरिएको छ ।
आज सञ्चालन भएको छैठौँ गाउँ सभाको दोश्रो बैठक दफावार छलफल पछि अध्यक्ष घर्तीद्धार छैठौँ गाउँ सभाको दोश्रो बैठकको स्थगित गर्दै छैठौ गाउँ सभालाई पुन : असार २२ गते आइतवार सम्मको लागि स्थगित गर्दै असार २३ गते सोमवार दिन विहान ठिक १० बजे तेश्रो बैठक पुन: सञ्चालनहुने घोषणा गर्दै आजको दोश्रो बैठक सम्पन्न भएको गाउँपालिका प्रवक्ता नमराज थापालाई उदृत गर्दै अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।