• २०८१ चैत्र ३ गते सोमवार

‘पत्रकार’ हु भन्ने सुनिल न्यौपानेसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा

पढ्न लाग्ने समय : २ मिनेट

असार २०,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्रहरीलाई पत्रकार हु भन्दै पैसाको बार्गिनिङ गरेको आरोपमा दाङका सुनिल न्यौन्पानेलाई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ।

सुनिल न्यौपानेसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरिएको हो ।   अख्तियारले सवारी साधान चेकजाँचमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंहलाई पनि प्रतिवादी बनाएको छ।

सवारी साधनको चेकिङमा रहेका प्रहरी हवल्दार सिंहको घुस लिएको भिडियो बनाई बार्गेनिङ गरेको आरोपामा  न्यौपाने र सिंहविरुद्ध  मुद्दा दायर  गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरुविरुद्ध १ लाख ५ हजार २ सय रुपैयाँ बिगो मागदाबी छ।

घोराही उपमहानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार सिंहले चेकजाँच गर्ने क्रममा सुनिल न्यौपाने परे । उनीसँग  कागजात थिएन।

न्यौपानले दुई सय घुस दिए। त्यो घुस दिएपछि आफू पत्रकार भन्दै न्यौपाने प्रहरी हवल्दारसँग १ लाख घुस मागेर बार्गेनिङ गरे। घुस नदिए पत्रपत्रिका समाचार छापिदिने धम्की दिए। न्यौपानेको धम्कीपछि हवाल्दार सिंहले तत्कालनै ५ हजार रुपैयाँ दिए।

अख्तियारका अनुसार न्यौपानेले ५० हजारको चेक र  ५० हजारको नगद लिए। २ सय घुसलिने हवाल्दार र एक लाख ५ हजार पैसा लिने सुनिल न्यौपानेलाई पक्राउ गरेर अख्तियार अुनसन्धान गरेको जनाएको छ।  उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

सुनिल न्यौपाने पत्रकारितामा क्षेत्रमा कार्यरत छैनान् न्यौपाने दाङका चाउचाउ व्यापारी हुन ।

प्रतिक्रिया दिनुहोस