• २०८० मङ्सिर १५ गते शुक्रवार

जिल्लाको शान्ति सुरक्षामा कडा भएर लाग्न प्रहरी प्रमुखहरुलाई DIG: जोशीको निर्देशन

पढ्न लाग्ने समय : २ मिनेट
  •  सागर थापा

असार २० , काठमाण्डौ । भर्खरै मात्र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी पुर्णचन्द्र जोसी जाजरकोट पुगेका छन् ।

जाजरकोटको शान्ति सुरक्षाको बारेमा जानकारी लिन उहाँ जाजरकोट आएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्न्ेतले जानकारी दिनुभयो । जिल्लाका सुरक्षा अधिकारी , जनप्रतिनिधी र पत्रकार , नागरिक अगुवा लगाएत सँग अन्तरक्रिया गर्दै उहाँले जिल्लाको अवस्था बारे जानकारी लिनुभएको हो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्नो ठाउँमा भए , गरेका घटना र सुरक्षा चुनौतीका विषयमा जानकारी दिएका थिए । जिल्लाका प्रहरीको दरवन्दी कम भएको कारण समस्य भएको भन्दै तत्काल सम्वोधन हुँनुपर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्दबहादुर शाहले बताउनुभयो ।

प्रहरी चौकी स्थापना नभएका र हुँन बाँकी रहेका ठाउँमा छिटो प्रहरी चौकी स्थापनाका लागि पहल थाल्न जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्य बस्नेतले माग गर्नुभयो । त्यस्तै जिल्लाका मुख्य नाँकामा प्रहरीको निगरानी बढाउनु पर्ने उद्योग वाणिज्य सँघका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । सुरक्षा चुनौती बढेको भन्दै जिल्ला भर निगरानी बढाउनुपर्ने जनप्रतिनिधीको निष्कर्ण रहेको छ । डिआईजि जोसीले कर्णाली प्रदेश , सुरक्षा, भुगोल र गरिबी पहिचान भएको प्रदेश भएकाले यहाँको जिल्लाको शान्ति सुरक्षामा कडा भएर लाग्न प्रहरी प्रमुखहरुलाई निर्देशन दिदै चाँसो चिन्ता प्रदेश र केन्द्रले चाँसो देखाएको बताउनुभयो ।

कर्णाली प्रदेशमा विप्लव समुहका गतिविधी बढ्दै गएको भन्दै उहाँले जनता र सुरक्षाकर्मी एक साथ काम गरेमा त्यो कम गर्न सकिने दावी गर्नुभयो । मधिरा जन्य पदार्थ सेवन कर्णालीमा बढी भएको पाईएको भन्दै न्यूनिकरणका लागि अभियान जारी रहेको बताउनुभयो । सार्वजानिक ठाउँ , कार्यालयमा सिसिटिभी जडान गर्न उहाँले आग्रह गर्नुभयो ।

चन्दा दिनेलाई कारवाही गरिने बताउँदै डिआईजी जोसीले माग्नेलाई र दिने दुवैलाई कारवाही हुँने बताउनुभयो । कम्जोर मानसिकताका कारण चन्दा आतङक बढेको भन्दै त्यो निस्तेज पार्नका लागि त्यसको प्रतिवाद गर्न समेत आग्रह गरिएको छ । जनशक्ति थप गर्नका लागि पहल सुरु गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस