जेठ २२,सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकका जनप्रतिनिधीहरुले वैदेशिक रोजगार समाजको ठुलो मुद्धा भएकोले यसलाई निरुत्साहित गर्ने प्रतिवद्धता गरेका छन ।
गत विहिवार भेरिगंगा १० छिन्चुमा एकाउन्टिविलिटी ल्यावको सिटिजन हेल्पडेस्क अन्तर्गत आयोजित ‘स्थानिय तहको नितिनिर्माणमा वैदेशिक रोजगार, स्थानिय तहका जनप्रतिनिधी र सरोकारवालाहरुविच छलफल कार्यक्रम’ मा भेरीगंगा नगरपालीकाका नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य र वडा अध्यक्षहरुले वैदेशिक रोजगारीलाई वडा स्तरबाटै निरुत्साहित गर्नुपर्ने बताएका हुन । घरधुरी सर्वेक्षण २०७४ को तथ्याङ्क अनुसार भेरीगंगा नगरपालिकामा १२९५ जना युवाहरु विदेशिएका छन । वर्षेनी यो संख्या बढ्दो क्रममा छ । सोहि तथ्यांकअनुसार जम्मा घरधुरी संख्याको ८ प्रतिशत घरधुरी वैदेशिक रोजगारीमा निर्भर छन ।
कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिकका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्न निति बनाउने गृहकार्यमा रहेको र वजेट अभावले समस्या परेको बताए । नगरप्रमुख चन्दले युवाहरुले वैदेशिक रोजगारीको मुख्य कारण लहैलहै र फेसन भएको दावि गरे । यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख रेणु आचार्यले वजेट भएपनि वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने कार्यविधि निर्माणमा ढिलाई भएकोले समस्या परेको बताइन । नगरपालिकाले युवाहरुलाई ड्राइभिङ तालिम, लोकसेवा आयोग तयारी कक्षा पनि संचालन गरिसकेको उपप्रमुख आचार्यले जानकारी दिइन । “तालिम दिन्छौ हामिले तर त्यसको सदुपयोग भएन । विदेशमा गएर गर्ने दुःख नेपालमा गरेनौँ ।” उपप्रमुख आचार्यले भनिन् ।
वैदेशिक रोजगार सम्बन्धमा यसो भन्छन वडा अध्यक्षहरु भेरीगंगा नगरपालिका वडा नं १२ का वडाअध्यक्षले वेरोजगारीहरुले रोजगारी र सिपको प्रस्ताव वडा र नगरपालिकामा गर्नुपर्ने बताए । वडा नं ११ का अध्यक्षले युवाहरुलाई अनुदानको व्यस्था गर्न नसकेको बताए । यस्तै वडा नं ८ का अध्यक्षले आफ्नो वडामा २०० जनाले वेरोजगारी फारम भरेको बताए । उनले वैदेशिक रोजगारीको कमाई फजुलखर्च हुने दावी गरे । भेरीगंगा १ का वडा अध्यक्ष नवराज कार्किले वजेटजती पुर्वाधार विकासमामात्रै खर्च हुने समस्या यथावत रहेको दावी गरे । वडाअध्यक्ष कार्किले सिप सिकेर पनि विदेशिने नै चलन बनेको गुनासो गरे । तसर्थ सिप सिकेपछी विदेश जादिँन भनेर प्रतिवद्धता गर्नुपर्ने उनको भनाई छ । वैदेशिक रोजगारीले पारिवारिक विचलन ल्याएको पनि उनको बुझाई छ । उनले आफु पनि भारतमा गएर श्रम गरेको अनुभव सुनाए । नगरपालिकाको सिपविकास तालिममा कोटा प्राणाली भयो : युवा कार्यक्रममा सहभागि वैदेशिक रोजगारीबाट फर्केका र अन्य युवाहरुले सिपविकास तालिममा थोरै कोटा भएकोले आफुहरु सहभागि हुन नपाएको गुनासो गरेका छन । सिपविकास तालिम मागमुखी नभएर पुर्तीमुखी भएको पनि उनिहरुले वताएका छन ।
“तालिममा पक्षपातपुर्ण व्यावाहार गरिएको छ ।, तालिम लिन चाहेकोले लिन नपाउने ?” सहभागिहरुले प्रश्न गरे । वैदेशिक रोजगारीबाट फर्केकाहरु र अन्य युवाहरुलाई लाई पनि उचित ऋण प्राप्त नहुनु र सिकेको श्रम पनि यहाँको वातावरणले लुकाउनुपर्ने उनिहरुको गुनासो छ । ‘उत्पादनले वजार पाउदैन : विकल्प विदेश’ कार्यक्रममा सहभागि युवाहरुले आफुहरुले उत्पादन गरेको कृषिजन्य र अन्य कुनैपनी वस्तुको वजार व्यवस्थापन नहुँदा पनि यवालाई स्वदेशमै काम गर्न उत्प्रेणा नमिलेको निष्कर्ष निकालेका छन ।
नगरपालिकाका उपप्रमुख रेणु आचार्यले यसबारेमा नीति बनाउन पहल गर्ने बताइन । सिप सिकाइदिनुस भनेर आउनुस: सिकाइदिन्छौ नगर उपप्रमुख आचार्यले अहिलेसम्म कसैले पनि नगरपालिकामा सिप सिकाइदिनुस भनेर नआएको गुनासो गरेकि छन् । “नगरपालिकामा सिप सिकाइदिनुस भनेर आउनुभो भने, हामि सिकाउँछौँ ” उनलभेरीगंगा ‘युवाहरुसंग छलफल गर्छौँ ‘ कार्यक्रममा सहभागि भेरीगंगा नगरपालिकाका जनप्रतिनिधीहरुले आगामि दिनमा नगरपालिकामा उद्मम गरिरहेकाहरु र वेरोजगार युवाहरुलाई संगै राखेर छलफल गर्ने जनाएका छन ।
जसले गर्दा स्वदेशमै उद्यमम गरेकाहरुको उत्प्रेणाले वेरोजगारहरु विदेशिन निरुत्साहित हुने उनिहरुको बुझाई छ । ‘शत्रु पनि विदेशिन नपरोस’ भेरीगंगा नगरपालिका वडा नं १३ का पुर्ण प्रसाद शर्मा ३ पटकसम्मको वैदेशिक रोजगारीको यात्रा रोकिएपछी चौथो पटक वहराइन पुगे । उनि भन्छन “मेरो शत्रुलाई पनि विदेशिन नपरोस् ।
सरफ उद्योग संचालन गर्ने योजनामा शर्मा वैदेशिक रोजगारीमा दुःख पाएर स्वदेश फर्किएका भेरीगंगा नगरपालिका १३ का पुर्णप्रसाद शर्मा स्थानिय सरकार र समुदायको को सहयोग र हौसला मिले सरफ उद्योग गर्ने योजनामा छन । वैदेशिक रोजगारीले पारिवारिक विचलन ल्याएको निर्कर्ष कार्यक्रममा सहभागिहरुले वैदेशिक रोजगारीले पारिवारिक विचलन र कुकार्य भित्राएको बताएका छन । त्यसैले श्रमको देशमै सदुपयोग गर्नुपर्नेमा उनिहरुको जोड छ ।
कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमुख,उपप्रमुख, नगर कार्यपालिका सदस्य, युवा, वैदेशिक रोजगारिवाट फर्किएर स्वदेशमै काम गरिरहेका र परिवारका सदस्य वैदेशिक रोजगारमा भएकाहरुको सहभागिता रहेको थियो ।