• २०८० असोज ७ गते आइतवार

दाङमा बस एक आपसमा ठोक्किदा ६ जना यात्रु घाइते

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

जेठ २२, दाङ । दाङको अमेलिया–तुलसीपुर सडक खण्डमा दुईवटा बस एक आपसमा ठोक्किदा ६ जना यात्रु घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ३८ बर्षीया धनी खड्का, सोही ठाउँ निवासी टिका खड्का, तुलसीपुर ८ निवासी ३६ बर्षीया सन्ध्या न्यांैपाने, तुलसीपुर १२ निवासी ३५ बर्षीया माया चौधरी, तुलसीपुर ९ की ३९ बर्षीया कृष्णा शाह र घोराही १० निवासी ३५ बर्षीया कमला भण्डारी घाईते भएका छन् ।

घाईतेमध्ये शाह र भण्डारीको बाँकेको कोहलपुर उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पान्डेले अन्य सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जानकारी दिएका छन् । तुलसीपुरबाट भारतको दिल्लीतर्फ जाँदैगरेको बा ४ ख ५३४७ नम्बरको बस र नेपालगंजबाट तुलसीपुर तर्फ आँउदै गरेको रा १ ख ८६२ नम्बरको बसलाई ठक्कर दिदा उक्त दुर्घटना भएको थियो । घाइते सबै नेपालगंजवाट आउँदै गरेको बसका यात्रुहरु हुन् ।

मंगलवार बेलुका साढे ६ बजेतिर लमही नगरपालिका वडा नं. ९ अमिलिया झञ्ज्याङ् नजिकै उक्त दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस