• २०८० चैत्र १६ गते शुक्रवार

बाँकेमा घुस लिदै गर्दा नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, बाकें । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक घस रकम सहित पक्राउ परेका छन ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रू.३,००,०००।– घुसबापतको रकम लिदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनलाई चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस