वैशाख २२, विराटनगर । प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै धरान उपमहानगरपालिकाको अगुवाइमा विराटनगरमा प्रदर्शन भएको छ । धरानवासीले सिट्ठी फुकेर प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदेशको राजधानीको सहमति खोज्न संसद भवनस्थित संसदीय दलको नेताको सर्बदलीय बैठक बसिरहेको बेला यूतो प्रर्दशन भएको हो । राजधानी बृहत् विराट क्षेत्र विकास भित्र राख्ने या विराटनगर अगाडिपछाडि राख्ने भन्ने विवाद कायम छ ।
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका संसदीय दलका नेता राजीव कोइराल, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवलगायतको उपस्थित रहेको छ ।