• २०८० चैत्र १६ गते शुक्रवार

इन्डियन प्रिमियर लिग रोयल च्यालेन्जर्स बैंग्लोरद्धारा सनराइजर्स हैदरावाद पराजित

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २२, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । बेंग्लोरले हैदरावादलाई चार विकेटले पराजित गरेको हो ।

१७६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बेंग्लोरले १९।२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बेंग्लोरको जितमा सिमरोन हेटिमरले र गुरकित सिंहले उत्कृष्ट प्रदर्शन गरे । हेटिमरले ७५ र सिंहले ६५ रनको योगदान दिएपछि जित सम्भव भएको हो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो । कप्तान केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गर्दै ७० रन बनाएको थियो । कप्तान केनले ४३ बलमा पाँच चौथा र चार छक्का प्रहार गरेका थिए ।

प्रतियोगिताबाट बेंग्लोर बाहिरिसकेको छ भने खेलमा रहनका लागि लिग चरणको अन्तिम खेलमा पराजित हैदरावादले कोलकाता नाइट राइडर्स पराजित भएको हेर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस