• २०८० असोज ११ गते बिहिवार

लिभरपुल ३-२ गोलअन्तरले बिजयी

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २२, काठमाडौं । शनिबार राति न्युक्यासलसगं भएको  खेलमा ३-२ गोलअन्तरले पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको अहिले शीर्ष स्थानमा छ ।

 लिभरपुलले खेलको १३औं मिनेटमा नै अग्रता लिएको थियो । लिभरपुलले भन डिजिकको गोलबाट १-० को अग्रता बनाएको थियो । तर यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको २०औं मिनेटमा नै एट्सुले गोल गर्दै न्युक्यासललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । खेलको २८औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई फेरी अग्रता दिलाएका थिए । उनकै गोलमा लिरभपुलले पहिलो हाफसम्ममा २(१ गोलको अग्रता बनाएको थियो । ५४औं मिनेटमा रोन्डनले गोल गर्दै फेरी न्युक्यासललाई खेलमा फर्काउने कोशिस गरेका थिए । तर खेलको ८६औं मिनेटमा ओरिगीले गोल गर्दै गर्दै लिभरपुललाई ३-२ गोलको जित दिलाए ।

प्रतिक्रिया दिनुहोस