चैत २२, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८, चनौलीका एकै परिवारका तीनजनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा आमा, छोरी र छोरा रहेका छन् । ३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता र १२ वर्षीय छोरा विवेकले एकैठाउँमा सलको पासो लगाई आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ । छोराछोरीलाई पहिले झुण्ड्याएर आमा आफू पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासी तथा प्रहरीले आशंका गरेका छन् । मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । उनीहरूको हत्या या आत्महत्या के हो भन्ने खुलेको छैन ।उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
सामूहिक आत्महत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ ।