चैत २२, काठमाडौं । सेवाको शक्ति मानवता प्रवर्द्दन महाअभियान, जय मानवसेवा, जय मानवता भन्ने भाबनाका साथ स्थापना भएको मानव सेवा आश्रम सामाखुसी शाखामा प्रधानमन्त्री के.पि.शर्मा ओलीको श्रीमती राधिका शाक्यले स्थलगत अवलोकन गर्नुभएको छ ।
सामान्य रुपमा आउनु भएको उहाले केहि नबताई आश्रमका बारेका के कस्तो अवस्था छ ? संस्था कसरी सञ्चालन भैरहेको छ ? सरकारको सहयोग कस्तो छ ? आश्रमलाई के के सामाग्रीहरु आवश्यक छ जस्ता प्रश्नहरु सोध्नुभएको संस्थाको कार्यलय सचिव सविता लम्सालले जानकारी दिनुभयो ।
सुरुमा आफ्नो घर यतै सामाखुशी आसपास नै भएको बताउदै उहाले आश्रमको बारेमा आफुले धेरै सुनेको र आज हेर्न मन लागेर आएको बताउनुभएको थियो ।केही थोरै सहयोग गर्ने इच्छा छ कसरी गर्ने भनेर उहाँले सोध्नुभयो, हामीले सहयोग रसिद काट्नेबेलामा नाम सोध्यौं उहाँले राधिका शाक्य भन्नुभयो, म अल्मल्लिय । त्यसपछि बल्ल उहाँले आफु प्रम ओलीको श्रीमती भएको बताउनुभयो आश्रमकी कार्यालय सचिव सविता बताउछिन् ।आफु धेरै संस्थाहरुमा गएको भएपनि मानवसेवा आश्रममा आउँदा फरक अनुभुति भएको र फेरी फेरीपनि आइरहने प्रतिबद्धता जनाउदै प्र.म पत्नी राधिका शाक्यले आश्रमलाई व्यक्तिगत रुपमा पच्चीस हजार रुपैया सहयोग समेत गर्नुभयो ।
राष्ट्रको त्यति ठुलो ओहोदामा रहेको व्यक्तिहरु यसरी विना जानकारी आश्रममा आई असहाय अनाथहरुको लागि केहि गर्छौ भन्नु राम्रो कदम रहेको मानव सेवा आश्रमको सेवा सेवा कार्यलाई नजिकबाट नियाल्दै आश्रमलाइ प्रेम गर्नुहुने समाजसेवी प्रकाश अर्यालले भन्नुभयो ।