फागुन २१ , धरान । तत्कालीन अञ्चल प्रहरी कार्यालय कोशी, धरान दरबन्दी भई पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक सूर्य बहादुर नेपालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ ।
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोले छानबिन गरी कारबाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान प्रमाण पत्र नक्कली भेटिएको हो । पूर्व प्रहरी नायव निरीक्षक सूर्य बहादुर नेपाली भन्ने सूर्य बहादुर दर्जीले प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुने प्रयोजनको लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट प्राप्त मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भएका थिए ।