फागुन २१, बारा । उतिम नवआदर्श प्राथमिक विद्यालय, बाराका शिक्षक दिनेश कुमार पाल भेडिहरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ ।
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोले छानबिन गरी कारबाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज शिक्षक दिनेश कुमार पाल भेडिहरले विहार विद्यालय परीक्षा समिति, पटनाको रा. कृत उच्च विद्यालय, मधुवन, भारतबाट प्राप्त गरेको एस.एल.सी। तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र भेटिएको हो ।
उनले एस.एल.सी. तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राहतकोटा शिक्षक पदमा नियुक्ति लिई भ्रष्टाचार गरेका हुन ।