• २०८० मङ्सिर १९ गते मङ्गलवार

पोखरामा प्याराग्लाइडिङ दुर्घटना :आज पनि एकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१ , पोखरा । पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मंगलबार पोखराको साराङकोटबाट उडेको प्याराग्लाइडिङ केही बेरमै दुर्घटना भएको हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरामा लगातार तेस्रो दिनको प्याराग्लाइडिङ दुर्घटना हो ।

यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका एक नागरिकको मृत्यु भएको थियो । फेवातालमा खसेका रोमानियाली नागरिककाे उपचारका क्रममा ज्यान गएकाे थियाे ।

साेमबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा दुईजना घाइते भएका थिए । कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा साे दुर्घटना भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस