• २०८० असोज ४ गते बिहिवार

अवैध रुपमा लुकाईछिपाई लैजान लागेको अमेरिकी डलर सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
फागुन २१, काठमाडौं   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट वैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-४ बस्ने सरला खड्‍का र काठमाडौं महानगरपालिका-१६ बस्ने रिंकु गुरुङ रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा वैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ  एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये सरला  खड्‍काको साथबाट ३५ हजार ६ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको हो । पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस